2 years ago
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२३ मा सान्त्वना जित दर्ता गरेको छ । अन्तिम खेलमा पाकिस्तानलाई १-० ले पराजित गर्दै नेपालले जितसहित प्रतियोगिता अन्त्य गरेको हो ।

बेन्चबाट दोस्रो हाफमा मैदान छिरेका विंगर आशिष चौधरीले खेलको अन्त्यतिर गोल गर्दै नेपाललाई जित दिलाएका थिए । सुरुवाती दुई खेलमा हार बेहोरेपछि बाहिरिएका नेपाल र पाकिस्तानका लागि अन्तिम खेल प्रतिष्ठाको लडाई थियो । नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ र भारतसँग २-० ले पराजित भएको थियो । पाकिस्तानले भने दुवै खेलमा ४-० को हार बेहोरेको थियो ।
पहिलो हाफको अन्त्यमा नेपालले अग्रता लिने अवसर गुमायो । विमल घर्ती मगरले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार सिधै गोलरक्षक युसुफ बटको हातमा गएको थियो । ६१ औं मिनेटमा मनिष डाँगीको प्रहारलाई गोलरक्षक बटले विफल पारे ।
६८ औं मिनेटमा नेपालको अग्रतासामु क्रसबार बाधक बन्यो । देवेन्द्र तामाङले बायाँ विंगबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक बटको हातमा छुँदै क्रसबारमा लागेर फर्किएको थियो । त्यसको दुइ मिनेटपछि एरिक विष्टले दायाँ विंगबाट प्रहार गरेको फ्रिकिक पोस्टमा लागेर बाहिरियो ।
८० औं मिनेटमा आशिष चौधरीले नेपाललाई अग्रता दिलाए । लाकेन लिम्बुले पेनाल्टी क्षेत्र बाहिरबाट मिलाइदिएको पासलाई आशिषले गोलमा परिणत गरे । उनको भली प्रहारमा गोलरक्षक बटले डाइभ दिएपनि बल जोगाउन सकेनन् ।
इन्ज्युरी समयको पहिलो मिनेटमा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । लाकेन लिम्बु र नवयुग श्रेष्ठको ६ यार्ड बक्स भित्रबाट लगातारको प्रहार गोल हुन सकेन ।
यस समूहबाट भारत र कुवेत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यी दुईबीच समूह विजेता बन्न आज साँझ ७:४५ बजे प्रतिस्पर्धा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]