default_image

2 years ago

June 27, 2023

कुवेतसँग बराबरीमा रोकिएपछि भारत समूह उपविजेता

372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक भारत र कुवेतबीच साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेल बराबरीमा टुंगिएको छ । पहिलो हाफमा कप्तान सुनिल क्षेत्रीको गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा सविक विजेता भारत १–१ को बराबरीमा रोकिएको छ ।

बराबरीपछि कुवेत समूह ‘ए’को विजेता बनेको छ । कुवेत र भारत दुवै यसअघि नै सेमिफाइनल पुगिसकेका थिए । कुवेत र भारतले समान २ खेलमा जित र १ बराबरीका साथ समान ७ अंक जोडे । गोलअन्तरमा माथि रहँदै कुवेत अंक तालिकाको शीर्षस्थानमा र भारत दोस्रो स्थानमा रह्यो ।

भारत समूह उपविजेता बनेको छ । समूह ‘बी’को सेमिफाइनल पुग्ने टोलीको भने बुधबारमात्र पक्का हुनेछ । कान्तिरभा फुटबल मैदानमा मंगलबार भएको खेलमा सुनिलको गोलबाट भारतले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

कर्नरबाट आएको बललाई सुनिलले पोष्टको दिशा दिएका थिए । उनले साफ च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने अस्फाक अलिको २३ गोलको बराबरी गरेका छन् । भारतीय टोलीका लागि भने सुनिलको त्यो ९२ औं गोल थियो । जारी च्याम्पियनसिपमा भने सुनिलको त्यो पाँचौं गोल हो । पाकिस्तानविरुद्ध पहिलो खेलमा ह्याट्रिक गरेका सुनिलले नेपालविरुद्ध एक गोल गरेका थिए ।

अनवर अलिको आत्मघाती गोलमा खेल बराबरी भएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा विपक्षी खेलाडीको आक्रमण रोक्ने क्रममा अनवरले आत्मघाती गोल गरेका थिए । खेलको अन्तिम मिनेटमाएक एक खेलाडीले रातो कार्डको सामना गर्दा कुवेत र भारत दुवै टोलीले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेका थिए । समूह चरणबाट बाहिरिसकेका दुई टोलीबीच मंगलबार भएको समूह एको अर्को खेलमा नेपालले पाकिस्तानलाई १- ० ले हराएको थियो ।

समूह बीबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ । च्याम्पियनसिपमा बुधबार लेबनन र माल्दिभ्स तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । लेबननको ६ अंक छ भने माल्दिभ्स र बंगलादेशको समान ३ अंक छ । दुवै खेल हारेको भुटान प्रतियोगिताबाट बहिरिसकेको छ । सेमिफाइनमा कुवेतले समूह ‘बी’को उपविजेता र भारतले समूह ‘बी’को विजेताको सामना गर्नेछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.