2 years ago
June 27, 2023
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक भारत र कुवेतबीच साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेल बराबरीमा टुंगिएको छ । पहिलो हाफमा कप्तान सुनिल क्षेत्रीको गोलबाट लिएको अग्रतालाई जोगाउन नसक्दा सविक विजेता भारत १–१ को बराबरीमा रोकिएको छ ।

बराबरीपछि कुवेत समूह ‘ए’को विजेता बनेको छ । कुवेत र भारत दुवै यसअघि नै सेमिफाइनल पुगिसकेका थिए । कुवेत र भारतले समान २ खेलमा जित र १ बराबरीका साथ समान ७ अंक जोडे । गोलअन्तरमा माथि रहँदै कुवेत अंक तालिकाको शीर्षस्थानमा र भारत दोस्रो स्थानमा रह्यो ।
भारत समूह उपविजेता बनेको छ । समूह ‘बी’को सेमिफाइनल पुग्ने टोलीको भने बुधबारमात्र पक्का हुनेछ । कान्तिरभा फुटबल मैदानमा मंगलबार भएको खेलमा सुनिलको गोलबाट भारतले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
कर्नरबाट आएको बललाई सुनिलले पोष्टको दिशा दिएका थिए । उनले साफ च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने अस्फाक अलिको २३ गोलको बराबरी गरेका छन् । भारतीय टोलीका लागि भने सुनिलको त्यो ९२ औं गोल थियो । जारी च्याम्पियनसिपमा भने सुनिलको त्यो पाँचौं गोल हो । पाकिस्तानविरुद्ध पहिलो खेलमा ह्याट्रिक गरेका सुनिलले नेपालविरुद्ध एक गोल गरेका थिए ।
अनवर अलिको आत्मघाती गोलमा खेल बराबरी भएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा विपक्षी खेलाडीको आक्रमण रोक्ने क्रममा अनवरले आत्मघाती गोल गरेका थिए । खेलको अन्तिम मिनेटमाएक एक खेलाडीले रातो कार्डको सामना गर्दा कुवेत र भारत दुवै टोलीले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेका थिए । समूह चरणबाट बाहिरिसकेका दुई टोलीबीच मंगलबार भएको समूह एको अर्को खेलमा नेपालले पाकिस्तानलाई १- ० ले हराएको थियो ।
समूह बीबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ । च्याम्पियनसिपमा बुधबार लेबनन र माल्दिभ्स तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । लेबननको ६ अंक छ भने माल्दिभ्स र बंगलादेशको समान ३ अंक छ । दुवै खेल हारेको भुटान प्रतियोगिताबाट बहिरिसकेको छ । सेमिफाइनमा कुवेतले समूह ‘बी’को उपविजेता र भारतले समूह ‘बी’को विजेताको सामना गर्नेछ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]