2 years ago
June 28, 2023
एजेन्सी – भेट्रान फरवार्ड मार्टालाई समेट्दै ब्राजिलले अर्काे महिनादेखि अष्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुन लागेको फिफा महिला विश्वकपको लागि अन्तिम टोली घोषणा गरेको छ ।

ब्राजिलले ३ वैकल्पिक खेलाडीसहित २६ सदस्यीय टोली घोषणा गर्दा कीर्तिमानी गोलकर्ता मार्टालाई पनि टोलीमा समेटेको हो ।ब्राजिलको टोलीमा परेसँगै ६ पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेकी ३७ वर्षीय मार्टा ६ संस्करणको विश्वकप खेल्ने खेलाडी बन्नेछिन् ।
मार्टाको नाममा विश्वकपमा सबैभन्दा बढी गोल (१७) गोल गर्ने कीर्तिमान छ । यो पुरुष र महिलामा कीर्तिमान हो । ‘मार्टा रानी हुन्, उनी एक प्रतिमा हुन् ।’ ब्राजिलका प्रशिक्षक पिया सुन्धगेले भने, ‘उनी पहिलो रोजाईमा हुन्छिन् कि हुँदैनन् त्यो मलाई थाहा छैन । मैले उनलाई दिने भूमिका उनले निर्वाह गर्नेछिन् र म विश्वस्त छु कि उनले राम्रो गर्नेछिन् ।’
सन् २०१९ को जुलाईदेखि ब्राजिलको प्रशिक्षक रहेकी प्रशिक्षक पिया सुन्धगेको यो पहिलो विश्वकप हुनेछ । सन् १९९१ देखि शुरु भएको फिफा महिला विश्वकपमा ब्राजिलले सबै संस्करणमा सहभागिता जनाएपनि उपाधि जित्न सकेको छैन । ब्राजिलको सबैभन्दा उत्कृष्ट नतिजा सन् २००७ मा उपविजेता बन्नु हो ।
विश्वकपको लागि अष्ट्रेसलया र न्युजिल्यान्ड जानुअघि ब्राजिलले चिलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल २ जुलाईमा हुनेछ । महिला विश्वकप अष्ट्रेलिया र न्यूजिल्याण्डमा जुलाई २० बाट सुरु हुँदैछ । ब्राजिल रहेको समूह ‘एफ’ मा फ्रान्स, जमैका र पानामा छ ।
फिफा महिला विश्वकपका लागि ब्राजिलको टोली
गोलरक्षक – कामिला, लेटिसिया इजिडोरो र बारबरा
डिफेन्डर – एन्टोनिया, ब्रुनिन्हा, क्याथेलेन, मोनिका, लरेन, तामिरेस र राफएली
मिडफिल्डर – एड्रियाना, एरी, एना भिटोरिया, डुडा साम्पाइओ, लुआना र केरोलिन
फरवार्ड – विया जेनोराटो, गावी नुनेस, गेसी, मार्टा, नेकोल रेस्ला, डेविन्हा र एन्ड्रेसा आल्भेस
वैकल्पिक – ताइनारा, एलिन गोमेस र एन्जेलिना
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]