2 years ago
June 28, 2023
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले टोटेनहम हट्सपरका फरवार्ड तथा इंग्ल्याण्डको राष्ट्रिय टोलीका कप्तान ह्यारी केनलाई अनुबन्ध गर्ने प्रयास गरेको छ ।
गत सिजन पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्की बार्सिलोना प्रस्थान गरेसँगै बायर्न आक्रमण सम्हाल्ने अनुभवी फरवार्डको खोजीमा छ । क्लबले टोटेनहमका स्टार फरवार्ड केनलाई आफ्नो मुख्य लक्ष्यको रुपमा राखेको छ । केन र बायर्नबीच व्यक्तिगत सम्झौताका विषयमा सहमति भएको पनि युरोपेली संचारमाध्यमले जनाएका छन् ।
तर टोटेनहमले आफ्नो मुख्य फरवार्डलाई कुनै हालतमा नबेच्ने प्रष्ट पार्दै आएको छ । केन आफ्नो सम्झौताको अन्तिम वर्षमा रहेकाले बायर्नले राम्रो रकम प्रस्ताव गरे अनुबन्ध हुने सम्भावना भने छ । बायर्नले ६० मिलियन पाउण्ड प्रस्ताव राखेकोमा टोटेनहमले त्यसलाई नकारेको थियो ।
टोटेनहमले केनलाई आफैं नयाँ सम्झौता प्रस्ताव गर्ने तयारी पनि गरिरहेको छ । क्लबले केनलाई टोलीको कप्तान बनाएर करिअर नै लन्डन क्लबमा अन्त्य गर्नका लागि प्रस्ताव तयार गरिरहेको छ ।
प्रिमियर लिगको म्यानचेस्टर युनाइटेडले पनि लामो समयदेखि केनमाथि नजर राखिरहेको छ । तर टोटेनहमले उनलाई प्रिमियर लिगको अन्य क्लबमा कुनै हालतमा नबेच्ने प्रष्ट पारेको छ । गत सिजन म्यानचेस्टर सिटीले अनेक प्रयास गर्दा असफल भएपछि एर्लीङ हालान्डलाई अनुबन्ध गरेको थियो ।
January 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]
January 24, 2025
एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]
January 24, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]