2 years ago
June 29, 2023
एजेन्सी – इंग्लिस मिडफिल्डर जेम्स म्याडिसन टोटेनहम हटस्परमा अनुबन्धित भएका छन् । टोटेनहमले जेम्सलाई लेस्टर सिटीबाट ४० मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गरेको हो ।

२६ वर्षीय म्याडिसनले इङ्ल्यान्डका लागि तीन क्याप जितेका छन् । सन् २०१८ मा नर्विचबाट करिब २० मिलियन पाउण्डमा लेस्टर आएका उनले क्लबका लागि २०३ खेल खेले । म्याडिसनले गत सिजन प्रिमियर लिगमा १० गोल गरेपनि टोलीको रेलिगेसन जोगाउन सकेनन् ।
कभेन्ट्रीमा जन्मेका म्याडिसनले लेस्टरका लागि ५५ गोल र ४१ असिस्ट प्रदान गरेका छन् । क्रिस्टियन एरिक्सनले टोटेनहम छाडेपछि क्लब सोही पोजिसनको खेलाडीको खोजीमा थियो ।
न्यूक्यासलले पहिले म्याडिसनलाई सम्झौता गर्ने प्रयास गरेको थियो तर यस गर्मीमा एसी मिलानको स्यान्ड्रो टोनालीमा उनीहरूको ध्यान गएको देखिन्छ ।
टोटेनहमले इटालियन गोलकिपर गुग्लिएल्मो भिकारियोलाई मंगलबार एम्पोलीबाट अनुबन्ध गरेको छ । डेजान कुलुसेभस्की टोटेनहमको स्थायी बनिसकेको छ ।
स्पर्सले इङ्ल्यान्डका फरवार्ड ह्यारी केनलाई क्लबमै राख्न चाहेको छ, तर जर्मन च्याम्पियन बायर्न म्युनिखले २९ वर्षीय खेलाडीको लागि आकर्षक प्रस्ताव पेश गरिरहेको छ ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]