2 years ago
July 1, 2023
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्तिएर रंगभेदको आरोपमा शुक्रबार पक्राउ परेका छन् ।

अप्रिलमा उनीविरुद्ध फ्रान्सकै अर्को क्लब निसको प्रशिक्षक रहँदा रंगभेदी टिप्पणी र भेदभाव गरेको आरोप लागेको थियो । शुक्रबार ५६ वर्षीय प्रशिक्षकलाई प्रहरीले पक्राउ गरि आवश्यक सोधपुछ गरेको हो । उनी डिसेम्बर १५ मा निसको अदालतमा उपस्थित हुनुपर्ने छ ।
अप्रिलमा गाल्तिएरले निसका मालिकलाई लेखेको इमेल सार्वजनिक भएको थियो । त्यसबेला उनले निसको टोलीमा काला र मुस्लिम खेलाडी धेरै भएको टिप्पणी गरेका थिए । गाल्तिएरले उक्त आरोपको खण्डन गरेपनि अनुसन्धानका क्रममा उनीमाथि छानविन हुनुपर्ने देखिएको हो ।
गत सिजन पिएसजीलाई लिग उपाधि दिलाएपनि च्याम्पियन्स लिगमा भने क्लबले अन्तिम १६ चरण पार गर्न सकेको थिएन । पिएसजीले यस सिजनका लागि विकल्प खोज्न थालिसकेको छ । स्पेनिस प्रशिक्षक लुइस इन्रिके विकल्पका रुपमा आएका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]