2 years ago
July 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टाेली तथा नेपाल एपीएफ फुटबल क्लबकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’लाई शसस्त्र प्रहरी परिवार महिला संघले सम्मान गरेकाे छ।

संघले आफ्नाे २२ औं वार्षिकाेत्सवकाे अवसरमा आइतबार साम्बालाई ७५ हजार रुपैयाँसहित सम्मान गरेकाे हाे।
शसस्त्र प्रहरी बलमा फुटबल खेलाडीकाे रुपमा आवद्ध भएयता साम्बाले उत्शकृष्ट खेल प्रदर्शन गर्दै अपेक्षित नतिजा हासिल गरेकाे भन्दै महिला संघले सम्मान गरेकाे हाे।
राष्ट्रिय महिला फुटबल टाेलीकी समेत महत्वपुर्ण खेलाडी साम्बा नेपालकी सर्वाधिक गाेलकर्ता हुन्। साम्बाले राष्ट्रिय टाेलीबाट ४३ खेलमा ४३ गाेल गरेकी छन्।
सन् २०१४ मा एपीएफमा आवद्व साम्बा त्यस यताकी नियमित सदस्य हुन्।

हाल एसियाली खेलकुदको प्रशिक्षणमा रहेकी साम्बा व्यवसायिक जिम्मेवारी निर्वाह गर्न का लागि केहि सातापछि इजरायल जानेछिन् ।
उनी केहि साता अघि इजरायलको हापोयल रानानामा एक सिजनका लागि आबद्ध भएकी थिइन्।
यो सिजन उनी आबद्ध गोकुलमा केरेला एफसीले भारतीय महिला लिग जितेको थियो। साम्बा २९ गोलका साथ सर्वाधिक गोलकर्ता बनेकी थिइन्।
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]
November 10, 2025
दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]
November 10, 2025
रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]