2 years ago
July 3, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेडले इटालियन क्लब एसी मिलानबाट मिडफिल्डर सान्ड्रो टोनालीलाई अनुबन्धन गरेको छ ।

२३ वर्षीय मिडफिल्डरलाई भित्रयाउन न्युकासलले ५५ मिलियन पाउण्ड खर्च गरेको अनुमान रहेको छ । २३ वर्षीय मिडफिल्डरले इंग्लिस क्लबसँग ५ वर्षका लागि सम्झौता गरेका छन् । न्युकासलले यस सिजन च्याम्पियन्स लिग खेल्ने हुँदा प्रशिक्षक एडी हाउले सिजनको पहिलो अनुबन्धन पूरा गरेका हुन् ।
टोनालीले सन् २०२१-२२ सिजनमा एसी मिलानलाई सिरी ए उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए । उनी गत सिजन टोलीले च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गर्दा पनि केन्द्रमा थिए ।
मिडफिल्डर टोनालीले न्युकासलको रक्षात्मक मिडफिल्डरको भूमिका खेल्ने अनुमान गरिएको छ । कलिलो उमेरमा नै युरोपको शीर्ष क्लबमा खेलेको अनुभव रहकाले न्युकासलले उनीसँग ठूलो अपेक्षा राखेको छ ।
टोनालीले न्युकासलमा खेल्नका लागि आफू निकै उत्साहित रहेको बताएका छन् । प्रशिक्षक हाउले पनि टोनालीको मानसिक, शारीरिक र प्राविधिक क्षमता टोलीमा निकै काम आउने बताए ।
टोनाली यस अनुबन्धन सँगै सबैभन्दा महँगा इटालियन खेलाडी बने । यसअघि चेल्सीले नेपोलीका जर्जिन्होलाई ५० मिलियन पाउण्ड खर्चेर अनुबन्ध गरेको थियो ।
November 13, 2025
रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]