default_image

1 year ago

July 4, 2023

क्रोएसियाका मिडफिल्डर ब्रोजोभिच साउदीमा, रोनाल्डोसँगै अल नासरबाट खेल्ने

271 views

0 Bookmark

एजेन्सी – साउदी अरबको क्लब अल नासरले क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिचलाई अनुबन्ध गरेको छ । साउदी क्लबले १८ मिलियन युरो खर्चेर इटालियन क्लब इन्टर मिलानबाट ब्रोजोभिचलाई भित्र्याएको हो ।

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले पनि ३० वर्षीय ब्रोजोभिचमाथि नजर राखेको थियो । तर क्याटलान क्लबले साउदी क्लबझैं ठूलो आर्थिक प्रस्ताव गर्न सकेन । ब्रोजोभिचले गत महिना म्यानचेस्टर सिटीविरुद्ध भएको च्याम्पियन्स लिगको फाइनलमा सुरुवात गरेका थिए ।

ब्रोजोभिच पछिल्लो ८ वर्षदेखि इटालीमा खेलिरहेका छन् । उनी सन् २०१५ मा डिनामो जाग्रेबबाट लोनमा इन्टर आएका थिए । त्यसपछि उनको बसाइ स्थायी भएको थियो ।

ब्रोजोभिचले इन्टर मिलानबाट २ पटक कोपा इटालिया र एकपटक इटालियन सिरी ए को उपाधि जिते । उनले ३ सय ३० खेलमा ३१ गोल गरेका छन् ।

ब्रोजोभिचले क्रोएसियाको अन्तर्राष्ट्रिय फुटबलको सफलतामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सन् २०१८ को रुस फिफा विश्वकपमा क्रोएसिया उपविजेता बन्दा र यसै वर्ष कतारमा तेस्रो हुँदा ब्रोजोभिच मिडफिल्डमा लगातार उपस्थित थिए ।

ब्रोजोभिचले अब अल नासरमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग खेल्नेछन् । युरोपबाट साउदी जाने खेलाडीको सूची दिन प्रतिदिन लम्बिँदै गइरहेको छ ।

यसअघि रियल म्याड्रिडबाट फरवार्ड करीम बेन्जेमा, वल्भ्सबाट मिडफिल्डर रुबेन नेभेस र चेल्सीका तीन खेलाडी कालिडू कौलीबाली, एनगोलो कान्टे र एडुआर्ड मेन्डीले साउदी लिगका क्लबसँग सम्झौता गरिसकेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.