2 years ago
July 4, 2023
एजेन्सी – साउदी अरबको क्लब अल नासरले क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिचलाई अनुबन्ध गरेको छ । साउदी क्लबले १८ मिलियन युरो खर्चेर इटालियन क्लब इन्टर मिलानबाट ब्रोजोभिचलाई भित्र्याएको हो ।

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले पनि ३० वर्षीय ब्रोजोभिचमाथि नजर राखेको थियो । तर क्याटलान क्लबले साउदी क्लबझैं ठूलो आर्थिक प्रस्ताव गर्न सकेन । ब्रोजोभिचले गत महिना म्यानचेस्टर सिटीविरुद्ध भएको च्याम्पियन्स लिगको फाइनलमा सुरुवात गरेका थिए ।
ब्रोजोभिच पछिल्लो ८ वर्षदेखि इटालीमा खेलिरहेका छन् । उनी सन् २०१५ मा डिनामो जाग्रेबबाट लोनमा इन्टर आएका थिए । त्यसपछि उनको बसाइ स्थायी भएको थियो ।
ब्रोजोभिचले इन्टर मिलानबाट २ पटक कोपा इटालिया र एकपटक इटालियन सिरी ए को उपाधि जिते । उनले ३ सय ३० खेलमा ३१ गोल गरेका छन् ।

ब्रोजोभिचले क्रोएसियाको अन्तर्राष्ट्रिय फुटबलको सफलतामा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सन् २०१८ को रुस फिफा विश्वकपमा क्रोएसिया उपविजेता बन्दा र यसै वर्ष कतारमा तेस्रो हुँदा ब्रोजोभिच मिडफिल्डमा लगातार उपस्थित थिए ।
ब्रोजोभिचले अब अल नासरमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग खेल्नेछन् । युरोपबाट साउदी जाने खेलाडीको सूची दिन प्रतिदिन लम्बिँदै गइरहेको छ ।
यसअघि रियल म्याड्रिडबाट फरवार्ड करीम बेन्जेमा, वल्भ्सबाट मिडफिल्डर रुबेन नेभेस र चेल्सीका तीन खेलाडी कालिडू कौलीबाली, एनगोलो कान्टे र एडुआर्ड मेन्डीले साउदी लिगका क्लबसँग सम्झौता गरिसकेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]