default_image

1 year ago

July 4, 2023

फ्रान्सको लिग युरोपको शीर्ष ५ बाट बाहिरियो

289 views

0 Bookmark

एजेन्सी – फ्रान्सको शीर्ष डिभिजन लिग फ्रान्सेली लिग वन युरोपेली फुटबल संघ (यूईएफए) अन्तर्गतको लिग वरीयतामा शीर्ष ५ बाट बाहिरिएको छ ।

सन् २०२२/२३ सिजनको वरीयतामा फ्रान्स १२.५८३ अंकसहित सातौं स्थानमा रहेको थियो । बेल्जियम र नेदरल्यान्ड्सका क्लबले उच्च प्रदर्शन गर्दा फ्रान्सका क्लबले बिर्सनलायक नतिजा निकालेका थिए । वरीयतामा इंग्ल्याण्ड, इटाली, जर्मनी र स्पेन शीर्ष चार स्थानमा छन् ।

सामान्यतया युरोपको शीर्ष ५ लिग इंगित गर्दा फ्रान्सको लिगलाई पनि समावेश गर्ने प्रचलन छ । तर युरोपेली फुटबलमा कमजोर प्रदर्शन गर्दा तथ्यांकको हिसाबमा भने यसपटक त्यो भन्न नमिल्ने भएको छ ।

समग्रमा यूईएफएले पछिल्लो ५ वर्षको नतिजाको हिसाबमा लिगको वरीयता गणना गर्दै आएको छ । नयाँ सिजन सुरु भएसँगै सन् २०१८/१९ को नतिजा मापनमा पर्दैन । यस अनुसार नयाँ वरीयतामा नेदरल्यान्ड्सले शीर्ष ५ प्रवेश गर्दा फ्रान्स छैटौं स्थानमा पुग्ने भएको हो ।

फ्रान्सले निकै आशा गरेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिगमा एक पछि अर्को निराशाजनक नतिजा निकाल्नुले पनि वरीयतामा असर गरेको हो । यसबाहेक फ्रान्सका अन्य क्लबले पनि युरोपा लिग र कन्फरेन्स लिगमा सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् ।

September 14, 2024

म्यानचेस्टर युनाइटेडको दोस्रो जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा म्यान्चेस्टर युनाईटेडले साउथह्याम्पटनमाथि सहज जित निकालेको छ । चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा युनाईटेडले साउथह्याम्पटनलाई ३-० ले पराजित गरेको हो । साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा युनाटेडलाई जित दिलाउन मार्कस रासफोर्ड, म्याथिज डि लेट र एलेक्जेन्डर गोर्नाचोले समान १ गोल गरे । युनाइटेडका लागि ३५औं मिनेटमा म्याथिजले गोल […]

September 14, 2024

कोशी र संकटा बराबरीमा रोकिए

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा शनिवार कोशी प्रदेश र संकटा क्लब गोल रहित बराबरीमा रोकिएका छन् । दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा संकटा र कोशीले दुवै टोलीले केही राम्रो प्रयास गरे पनि गोल भगर्न सकेनन् । बराबरीपछि ५ खेलमा १० अंक जोड्दै कोशी तेस्रो स्थानमा उक्लिएको छ । संकटा भने समान ५ खेलमा […]

September 14, 2024

पुलिस र आर्मीले बराबरी खेले

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो गोल बेहोरेको छ । पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसॅंग शनिवार १-१ को बराबरी खेलेको छ । दशरथ रंगाशालामा भएको खेलमा पुलिसका लागि अमृता जैशी र आर्मीका लागि अमिशा कार्कीले गोल गरिन् । अमृताले ४८औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी […]

Success

Thank you for your time.