default_image

1 year ago

July 5, 2023

माउन्टले भने – ‘चेल्सी छोड्ने मेरो लागि सही निर्णय हो’

104 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका राष्ट्रिय टोलीका मिडफिल्डर मेसन माउन्टले आफ्नो बाल्यकाल देखिको क्लब चेल्सी छाडेर म्यानचेस्टर युनाइटेड जाने निर्णय आफ्नो करिअरका लागि सही रहेको बताएका छन् ।

मिडफिल्डर माउन्टले युनाइटेडले गरेको पाँच वर्षको सम्झौता प्रस्ताव स्वीकार गरिसकेका छन् । युनाइटेडले उनलाई अनुबन्ध गर्न चेल्सी समक्ष ५५ मिलियन पाउण्डको प्रस्ताव राखेको थियो ।

चेल्सीमा ६ वर्षको उमेरदेखि आवद्ध रहेका माउन्टले लामो यात्रापछि टोली परिवर्तन गर्ने निर्णय लिएका हुन् । चेल्सीबाट १८ वर्ष खेल्ने क्रममा उनले थुप्रै सफलता हासिल गरेका छन् । विशेषगरी उनले सन् २०२१ मा च्याम्पियन्स लिग जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

चेल्सीको सिनियर टोलीबाट १ सय ९५ खेल खेल्ने क्रममा उनले ३३ गोल गरे । उनले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि सन् २०१९ मा डेब्यु गरेका थिए । त्यसयता उनी टोलीमा नियमित रहे ।

माउन्टले चेल्सी समर्थकहरु उनको निर्णयबाट असन्तुष्ट रहने थाहा भएपनि आफ्नो करिअरका लागि यो निर्णय सही रहेको अभिव्यक्ति सामाजिक संजालबाट दिए ।

‘मैले चेल्सी छाड्ने निर्णय लिएको छु । मलाई थाहा छ यो निर्णयबाट धेरै समर्थक खुसी छैनन्, तर मेरो लागि करिअरमा यो सही निर्णय हो,’ उनले बताए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.