2 years ago
July 5, 2023
एजेन्सी – इंग्ल्यान्डका राष्ट्रिय टोलीका मिडफिल्डर मेसन माउन्टले आफ्नो बाल्यकाल देखिको क्लब चेल्सी छाडेर म्यानचेस्टर युनाइटेड जाने निर्णय आफ्नो करिअरका लागि सही रहेको बताएका छन् ।

मिडफिल्डर माउन्टले युनाइटेडले गरेको पाँच वर्षको सम्झौता प्रस्ताव स्वीकार गरिसकेका छन् । युनाइटेडले उनलाई अनुबन्ध गर्न चेल्सी समक्ष ५५ मिलियन पाउण्डको प्रस्ताव राखेको थियो ।
चेल्सीमा ६ वर्षको उमेरदेखि आवद्ध रहेका माउन्टले लामो यात्रापछि टोली परिवर्तन गर्ने निर्णय लिएका हुन् । चेल्सीबाट १८ वर्ष खेल्ने क्रममा उनले थुप्रै सफलता हासिल गरेका छन् । विशेषगरी उनले सन् २०२१ मा च्याम्पियन्स लिग जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
चेल्सीको सिनियर टोलीबाट १ सय ९५ खेल खेल्ने क्रममा उनले ३३ गोल गरे । उनले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेपछि सन् २०१९ मा डेब्यु गरेका थिए । त्यसयता उनी टोलीमा नियमित रहे ।
माउन्टले चेल्सी समर्थकहरु उनको निर्णयबाट असन्तुष्ट रहने थाहा भएपनि आफ्नो करिअरका लागि यो निर्णय सही रहेको अभिव्यक्ति सामाजिक संजालबाट दिए ।
‘मैले चेल्सी छाड्ने निर्णय लिएको छु । मलाई थाहा छ यो निर्णयबाट धेरै समर्थक खुसी छैनन्, तर मेरो लागि करिअरमा यो सही निर्णय हो,’ उनले बताए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]