default_image

1 year ago

July 6, 2023

एनरिके पिएसजीको प्रशिक्षक नियुक्त

156 views

0 Bookmark

एजेन्सी – स्पेनिस प्रशिक्षक लुइस एनरिके फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

पिएसजीले दुई वर्षको सम्झौता गर्दै स्पेनिस प्रशिक्षकलाई जिम्मेवारी सुम्पिएको हो । बुधबार विहान क्रिस्टोफ गाल्तिएरलाई बर्खास्त गरेसँगै एनरिके टोलीको प्रशिक्षकमा आएका हुन् ।

एनरिकेको नाम प्रिमियर लिग क्लब चेल्सी र टोटेनहमसँग पनि जोडिएको थियो । २०२२ को कतार विश्वकपमा स्पेन अन्तिम १६ चरणबाट नै बाहिरीपछि उनी जिम्मेवारीविहिन रहँदै आएका थिए ।

सन् २०१५ मा बार्सिलोनाको नेतृत्व गरेका उनले पारिवारिक कारणले केही समय विश्राम लिएका थिए । त्यसबेला उनले एकै सिजन तीन उपाधि (ट्रेबल) सफलता हासिल गरेका थिए ।

पिएसजीले गत सिजन लिग जितेपनि गाल्तिएरले आफ्नो पद जोगाउन सकेनन् । विश्वकपपछि २८ मध्य १० खेलमा हार बेहोरेको पिएसजी च्याम्पियन्स लिग र फ्रेन्च कपको अन्तिम १६ चरणमा बाहिरिएको थियो ।

एनरिकेले पिएसजीमा आउन पाउँदा निकै खुसी रहेको बताए । ‘म निकै खुसी छु । नयाँ सहर र नयाँ मानिससँग काम गर्न उत्साहित छु । मलाई विश्वास छ हामीले राम्रो टिम निर्माण गर्नेछौं,’ उनले भने ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.