default_image

1 year ago

July 8, 2023

गोलकिपर डे हेयाले युनाइटेड छाड्ने पक्का

156 views

0 Bookmark

एजेन्सी – डेभिड डे हेयाले म्यानचेस्टर युनाइटेड छाड्ने पक्का गरेका छन् । नयाँ सम्झौताका लगि सहमति नबनेपछि उनले युनाइटेड छाड्ने निर्णयमा पुगेका हुन् । उनको पुरानो सम्झौता यो समरमा सकिएको थियो ।

परिर्माजनसहित पुनः सम्झौताका लागि प्रस्ताव गरेपनि त्यसमा सहमति भने हुन नसकेको बताइएको छ । अघिल्लो सम्झौताभन्दा सुविधाहरुमा कम गर्ने प्रस्ताव मान्न भन्दा डे हेयाले युनाइटेड छाड्ने निधोर गरेका हुन् ।

‘म म्यानचेस्टर युनाइटेडका समर्थकलाई विदाई सन्देश दिन चाहान्छु ,’ डे हेयाले समाजिक सन्जालमा लगेका छन्, ‘पछिल्लो १२ वर्षको साथका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । सर एलेक्स फर्गुसनले मलाई यहाँ ल्याउनुभएको थियो । त्यसयता हामीले धेरै उपलब्धी हासिल गरेका थियो । युनाइटेडको जर्सी लाउनु मेरा लागि गर्वको विषय हो । त्यसअर्थ मा भाग्यमानी हु ।’

युनाइटेड रहँदाका क्षण आफ्ना लागि विर्सन नसकिने र सफल रहेको पनि डे हेयाले बताएका छन् । ‘युवा अवस्थामा मैले म्याड्रिड छाड्छु भन्ने सोचेको थिएन । यहाँहामीले सँगै धेरै उपलब्धी हासिल गरेका छौं,’ उनले भनेका छन्,’ अब नयाँ चुनौतीको सामना गर्ने समय आएको छ । युनाइटेड सधै मेरो हृदयमा रहनेछ । ’

१२ वर्षको यात्रामा डे हेयाले ५ सय ४५ खेल खेलेका छन् । उनले युनाइटेडमा प्रिमियर लिगसहित ८ वटा उपाधि जितेका छन् । युनाइटेडले नयाँ गोलकिपरलाई अनुबन्धनको प्रयास गरिरहेको बताइएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.