2 years ago
July 8, 2023
एजेन्सी – डेभिड डे हेयाले म्यानचेस्टर युनाइटेड छाड्ने पक्का गरेका छन् । नयाँ सम्झौताका लगि सहमति नबनेपछि उनले युनाइटेड छाड्ने निर्णयमा पुगेका हुन् । उनको पुरानो सम्झौता यो समरमा सकिएको थियो ।

परिर्माजनसहित पुनः सम्झौताका लागि प्रस्ताव गरेपनि त्यसमा सहमति भने हुन नसकेको बताइएको छ । अघिल्लो सम्झौताभन्दा सुविधाहरुमा कम गर्ने प्रस्ताव मान्न भन्दा डे हेयाले युनाइटेड छाड्ने निधोर गरेका हुन् ।
‘म म्यानचेस्टर युनाइटेडका समर्थकलाई विदाई सन्देश दिन चाहान्छु ,’ डे हेयाले समाजिक सन्जालमा लगेका छन्, ‘पछिल्लो १२ वर्षको साथका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । सर एलेक्स फर्गुसनले मलाई यहाँ ल्याउनुभएको थियो । त्यसयता हामीले धेरै उपलब्धी हासिल गरेका थियो । युनाइटेडको जर्सी लाउनु मेरा लागि गर्वको विषय हो । त्यसअर्थ मा भाग्यमानी हु ।’
युनाइटेड रहँदाका क्षण आफ्ना लागि विर्सन नसकिने र सफल रहेको पनि डे हेयाले बताएका छन् । ‘युवा अवस्थामा मैले म्याड्रिड छाड्छु भन्ने सोचेको थिएन । यहाँहामीले सँगै धेरै उपलब्धी हासिल गरेका छौं,’ उनले भनेका छन्,’ अब नयाँ चुनौतीको सामना गर्ने समय आएको छ । युनाइटेड सधै मेरो हृदयमा रहनेछ । ’
१२ वर्षको यात्रामा डे हेयाले ५ सय ४५ खेल खेलेका छन् । उनले युनाइटेडमा प्रिमियर लिगसहित ८ वटा उपाधि जितेका छन् । युनाइटेडले नयाँ गोलकिपरलाई अनुबन्धनको प्रयास गरिरहेको बताइएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहनस्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]