default_image

2 years ago

July 10, 2023

शेर्पाको अध्यक्षतामा फुटबल क्लब एसोसिएसन गठन

263 views

0 Bookmark

काठमााडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसिए) को तदर्थ समिति गठन भएको छ । शेर्पा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत हुन् ।

सहिद स्मारक ए, बि र सि डिभिजनमा रहेका क्लबहरुको प्रतिनिधिको भेलाले सोमबार गठन गरेको एनएफसिएको उपाध्यक्षमा मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले र रानीपोखरी टिम (आरसिटी) कुमारराज भण्डारी छन् ।

एन्फाका पूर्व उपाध्यक्ष समेत रहेका मध्यपुर युथ एसोसिएनका अध्यक्ष उपेन्द्रमान सिंह महासचिव, सानेपा क्लबका ध्रुबविक्रम पाण्डे सचिव, एसएएस स्पोर्टस समाजका मनोरथ आचार्य कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै एन्फाका पूर्व महासचिव तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर, फ्रेन्ड्स क्लबका विश्वासविक्रम शाह, सातदोबाटो क्लबका कपिल राना, न्यूरोड टिम –एनआरटी) का डिकेन सुवाल, नयाँ बस्तीका रामबहादुर तामाङ, सरस्वती क्लबका क्षितिज पराजुली र मनोहरा युनाइटेड क्लबका दीपक ज्ञवाली सदस्य रहेका छन् ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.