default_image

2 years ago

July 11, 2023

न्यौपानेले आर्मी छाडे, अब एन्फाको हेड अफ एकेडेमी

531 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नवीन न्यौपानेले त्रिभुवन आर्मी फुटबल क्लबको पुरुष टोलीको प्रशिक्षकबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) हेड अफ एकेडेमी नियुक्त भएपछि न्यौपानेले आर्मीको प्रशिक्षक पद त्यागेका हुन् । आर्मीमा ७ वर्षको आफ्नो प्रशिक्षण जीवन सुखद रहेको न्यौपानेले बताए ।


‘मैले एक सिजन आफ्नै पुरानो क्लब मनाङ मस्र्याङ्दी क्लब हेर्ने मौका पाए,’ न्यौपानेले भने, ‘त्यसपछि पछिल्लो सात वर्ष आर्मीमा रहँदा टोली सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन र आहा गोल्ड कप जिताउन सकिन बाँकी त्यसबाहेक अधिकांश प्रतियोगिता जिताउन सफल भए । मेरो लागि आर्मीको सात वर्षे यात्रा प्रशिक्षण जीवनको स्वर्णिमकालको रुपमा लिएको छु ।’

२०७३ मा आर्मीमा आबद्ध भएयता न्यौपानेले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकसहित २४ वटा उपाधि दिलाएका थिए । लिगमा उनको प्रशिक्षणमा आर्मीले दोस्रो स्थान प्राप्त गरेको थियो । एन्फाले पहिलादेखि नै प्रस्ताव गरेकोले नयाँ चुनौती स्वीकार गर्दै हेड अफ एकेडेमीको जिम्मेवारी सम्हाल्न लागेको न्यौपानेले बताएका छन् ।

‘आर्मीमा हुँदा मैले धेरै अनुभव बटुल्ने मौका पाएको छु । त्यहाँको वातावरण एकदमै व्यवसायिक छ,’ उनले भने, ‘अब नयाँ यात्राको सुरुवात हुँदैछ । आशा छ राम्र्रै हुन्छ होला । आफ्नोतर्फबाट पूरा प्रयास गर्नेछु ।’

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार एन्फाले बुटवल र धरानमा सन्चालन गर्दै आएको एकेडेमी तथा भविष्यमा महिला खेलाडीका लागि तीन ठाँउमा सन्चालन गर्न लागिएको महिला एकेडेमीको प्रमुख न्यौपाने रहेका छन् । यसअघि नवीन महर्जनले युथ हेड अफ इलिट र हेड अफ एकेडेमीको पनि जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै शाहले भने, न्यौपाने हेड अफ एकेडमी र महर्जन युथ हेड अफ इलिटको जिम्मेवारीमा काम गर्नुहुनेछ ।

आर्मीले मेघराज केसीलाई नयाँ प्रशिक्षकका रुपमा अनुबन्धन गर्ने तयारी गरिरहेको बताइएको छ । केसी र आर्मी क्लबबीच बुधबार सम्झौता हुने सम्भावना रहेको बताइएको छ । केसीले यसअघि पनि आर्मीको टोली सम्हालेका थिए । गत महिना सम्पन्न लिगमा भने केसी थ्री स्टार क्लबको प्रशिक्षक थिए ।

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

Success

Thank you for your time.