default_image

3 months ago

August 20, 2023

के एन्फा राजनीतिले बिग्रिएको हो ?

सन्जोग चाम्लिङ राई तपाईले जुलाई २३ तारिखको दिन यही अनलाइन पोर्टलमा प्रकाशित पंक्तिकारको आलेख पढ्नु भएको भए, तपाईलाई थाहा होला कि त्यसको अन्तमा एउटा प्रश्न गरेर उक्त आलेख टुंगिएको थियो : के एन्फा राजनीतिले बिग्रिएको हो ? आज यसकै सेरोफेरोमा रहेर छलफलको प्रयास हुनेछ । के एन्फा राजनीतिले बिग्रिएको हो ? यसमा पंक्तिकारको सोझो र […]

466 views

0 Bookmark

सन्जोग चाम्लिङ राई

तपाईले जुलाई २३ तारिखको दिन यही अनलाइन पोर्टलमा प्रकाशित पंक्तिकारको आलेख पढ्नु भएको भए, तपाईलाई थाहा होला कि त्यसको अन्तमा एउटा प्रश्न गरेर उक्त आलेख टुंगिएको थियो : के एन्फा राजनीतिले बिग्रिएको हो ? आज यसकै सेरोफेरोमा रहेर छलफलको प्रयास हुनेछ ।

के एन्फा राजनीतिले बिग्रिएको हो ?

यसमा पंक्तिकारको सोझो र सिधा उत्तर हो : होइन ।

यो उत्तरले प्रतिप्रश्न जन्माउला : अनि के ले बिग्रिएको हो त ? यसमा पंक्तिकारको फेरि सोझो र सिधा उत्तर हो : गलत राजनीति ।

झन्डै एक अर्व वार्षिक बजेट पुगेको एउटा चुनावी संस्था राजनीतिले नै चलाउने हो । एउटा विशाल संस्थाको शाखा जस्तै न हो एन्फा । हाम्रो दुर्भाग्य भनौँ, त्यहाँ पुगेका व्यक्तिहरुले गलत राजनीति गरे । सायद उनीहरुको क्षमता नै त्यति हो । खासमा राजनीति त्यस्तो हुँदैन ।

पंक्तिकार राजनीतिशास्त्रको विद्यार्थी नभएको हुनाले राजनीतिको व्याख्या गर्ने क्षमता छैन तर एउटा साधारण मान्छेको बुझाईको हिसाबले एन्फा भित्रको गतिविधि राजनीति होइन । राजनीतिमा विवेक, जिम्मेवारी र नैतिकता हुन्छ, जहाँ व्यक्ति स्वार्थ कम र संस्था स्वार्थले प्रधानता पाउँछ । यता एन्फा हेर्नुस् , ठ्याक्कै उल्टो छ ।

लोकप्रिय कवि भूपि शेरचनले आफ्नो चर्चित कविता ‘हामी’ मा ‘हामी फगत क्यारोम बोर्डका गोटी हौं’ भनेझैं छन् एन्फाका व्यक्तिहरु । उनीहरुलाई हान्ने ‘स्ट्राइकर’ अरु कोही हुन् । कोही ‘स्ट्राइकर’ प्रष्ट देखिन्छन् भने कोही छद्म भेषमा छन् ।

भर्खरै एन्फाको कार्यसमिति बैठक धेरै रस्साकसीहरुबीच बसेर सम्पन्न भएको छ । अहिले त एन्फको बैठक बस्नु नै सफलता जस्तो भइसक्यो ।

बैठक अगाडिको एउटा सानो दृष्टान्त लिउँ । संचार माध्यमहरुबाट थाहा भयो, केही सदस्यहरुले महासचिवलाई बर्खास्त गर्नु पर्ने एजेण्डाको माग गरे । त्यो मागको खास कारण उनीहरुसँग होला नै । तर भन्नै पर्ने कुरा के हो भने, अहिलेको समयमा महासचिवको बर्खास्ती समस्याको समाधान होइन ।

एउटा महासचिवले गर्दा अहिलेको हालत भएको हुँदै होइन । यहाँ ‘अवस्था’ शब्द लेख्न सकिन्थ्यो तर ‘हालत’ शब्द जानाजान लेखिएको हो, किनकी एन्फा बाहिरबाट देखिएको भन्दा धेरै नै जर्जर भईसकेको छ ।

बैठकको एजेण्डा गुटको गन्ध भन्दा माथि हुनै पर्छ , अनि त्यसलाई भन्न सकिन्छ राजनीति । तर एन्फाभित्र स्वविवेक बाल साहित्य ‘खोई गाई , खोलाले बगायो’ झैँ छ । यहाँ त ‘सके विपक्षी गुटलाई पछार्ने , नसके कम्तिमा चुप लगाउने’ दाउपेच मात्र देखिन्छ । मानौं उनीहरु कुस्ती खेलिरहेका छन् र एन्फा उनीहरुको अखडा हो ।

यो दाउपेच पनि कहिले देखि जालझेलमा परिणत हुन बेर छैन किनकी यहाँ राजनीति गरिएको छैन । जालझेल सायद गलत राजनीतिको अन्तिम अस्त्र हो र नांगो नाच हो ।

एन्फाको भर्खरै सम्पन्न बैठकको एउटा निर्णयले तीन स्थानमा महिला एकेडेमी बनाउनको लागी बजेट र कार्यक्रम तयार पारी पेश गर्ने भनिएको छ । यो निर्णयमा बेखुस हुनु पर्ने कुनै कारण छैन । तर के त्यो निर्णय एन्फाले आफ्नो क्षमता बुझेर नै गरेको निर्णय हो ? या घाँटी नहेरी हाड निल्न खोजिँदैछ ?

पंक्तिकारको प्रतिप्रश्न छ : यदि एन्फासँग महिला एकेडेमी संचालन गर्न सक्ने क्षमता छ भने एउटा बलियो महिला लिग आयोजना गर्न कुन कारणले छेकेको छ ? किन प्रतियोगीताविहिन छ नेपाली महिला फुटबल ? किन कोही सदस्य बलियो महिला फुटबल संरचनाको लागी एजेण्डा बनाउन सक्दैन ? कसले उठायो यी विषयहरु ?

नेपाली महिला फुटबलको अहिलेको खास आवश्यकता भनेको एकेडेमी होइन । जुन देशमा बल्ल बल्ल औपचारिकताको लागि आयोजना गरिने महिला लिग पूरा पनि हुँदैन, त्यस्तो देशमा महिला एकेडेमी बनाएर गर्ने चाहिँ के ? त्यो एकेडेमीको खेलाडीहरु खेल्ने चाहिँ कहाँ ? एन्फाले बुझ्नु पर्छ, आकाशमा उड्ने भए टेक अफ र ल्याण्डिङको लागि जमिन नै चाहिन्छ ।

महिला फुटबलको यति कुरा गरी रहँदा केही दृष्टान्तहरु यहाँ उल्लेख गर्दा अर्थपूर्ण नै होला । एकजना महिला खेलाडीले आफ्नो पारिश्रमिक पूरा नपाएको भनेर एन्फा र महिला संघमा निवेदन दिएको समाचार पढ्न पाईयो । खेलाडीले सम्झौता बमोजिमको पारिश्रमिक पाउनै पर्छ । यसमा कसैको दुई मत हुनै सक्दैन ।

तर कार्यसमिति बैठक अगाडि आएको यस प्रसंगले नेपाली महिला फुटबल भित्रको राजनीतिक दुर्गन्ध पनि बाहिरै गन्हाउने गरी एक पटक फेरि आएको छ । त्यो निवेदन उपर कहाँ के छलफल र समन्वय भयो भनेर यतिको दिनसम्म केही पढ्न पाईएन, यो चाहिँ सायद नेपाली फुटबलकै नियति हो ।

यो त एकले अर्कोलाई लडाउने दाउमा थापिएको एउटा बल्छी न हो, जसको टुप्पोमा खेलाडीलाई चारो बनाउन खोजियो । एकले अर्कालाई लडाउने दाउमा खेलाडीहरुको गलत प्रयोग विगतदेखि नै भएको देखिन्छ ।

चेन्ज होइन ‘सेन्स एन्फा’

एन्फाको चुनावी वर्षमा हुने तामझाम हेर्दा थाहा हुन्छ कि आर्थिक पाटो बलियो नहुनेहरु स्वतः उम्मेद्वार हुन नसक्ने स्थिति छ । गएको चुनाव नै हेरौं न । उम्मेद्वारको एजेण्डाहरुमा कति बहस र छलफल भयो ? शुन्य ।

कसको एजेण्डा के थियो भन्ने पनि मतदाताहरुलाई थाहा थिएन न त्यसमा रुचि र चासो नै । एन्फामा हुने गलत राजनीतिको एउटा मूल विज यहीँ रोपिएको छ । जहाँ मतको छिनोफानो ‘लेनदेन’ मा हुन्छ, त्यहाँ हुने भनेकै यस्तै गलत राजनीति न हो ।

कुनै समय ‘चेन्ज एन्फा’ नाराको ध्वनि खुब घन्काईयो । त्यो नाराको हर्ताकर्ता ‘शेपाने’ समूह अहिले फुटेर आ–आफ्नो डम्फु बजाउँदै बसिरहेका छन् । त्यो ‘पपुलिष्ट’ नाराको व्याख्या कहीँकतै कोही बाट पनि अहिले सम्म गरेको सुनिएन तर सबैको कानमा त्यसले माधुर्यता दिएको थियो । त्यो समूह किन फुट्यो भने उनीहरु विचार र एजेण्डाको आधारमा एक भएका थिएनन् , न उनीहरुसँग नेपाली फुटबलको विकासको लागि सपना र स्पष्ट रोडम्याप नै थियो ।

स्वार्थ बाझियो , उनीहरु फुटे । समयले यसको पुष्टि गरी सक्यो । त्यो पपुलिष्ट नाराको विसर्जनसँग एउटा नेपाली उखान ठ्याक्कै मिल्न आउँछ : ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यनाश ।’ आफ्नै नारा धुलिसात पार्नु नै गलत राजनीति हो ।

‘चेन्ज एन्फा’ नेपाली फुटबलको अनिवार्य आवश्यकता हो तर एन्फाको हर्ताकर्ताहरुबाट यो सम्भव नहुने कुरा सबैले देखि सके । अहिलेलाई नेपाली फुटबलप्रेमीहरुले कम्तिमा एन्फामा चाहेको कुरा भनेको ‘कमन सेन्स’ सम्म हो ।

एन्फाका व्यक्तिहरुले आफ्नो गतिविधिहरुमा ‘कमन सेन्स’ सम्म प्रयोग गरे पनि नेपाली फुटबललाई सेवा नै हुन्थ्यो । सेन्स हराएको संस्था जस्तो भएको छ एन्फा । जहाँ छैन कमन सेन्स , त्यहाँ कसरी चेन्ज ? सेन्स भए न चेन्ज । यति सम्म मात्र भए नि हुन्थ्यो ।

‘ढोक्सा’ शब्द कुनै समय नेपालमा केही क्षणको लागी भाइरल नै भएको थियो । एन्फालाई नियाल्दा यो शब्द पंक्तिकारलाई खुब याद आउँछ । दृश्य यस्तो देखिन्छ : एन्फामा सबै जना आफ्नो आफ्नै ढोक्सा थापेर बसि रहेका छन् तर उनीहरुलाई हेक्का छैन कि पानीको अवस्था धमिलो छ भनेर । र, त्यो पानीको मुल धमिलो बनाउने काम पनि उनीहरु आफैँले गरेका हुन् । अब धमिलो पानीमा माछा पर्ला त ?

यस्तै यस्तै ।

लेखक राई पूर्व राष्ट्रिय फुटसल खेलाडी हुन् ।

November 28, 2023

अन्तिम समयमा दुई गोलसहित काठमाडौं र चितवनको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]

November 28, 2023

चितवन र काठमाडौं पहिलो हाफमा गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]

November 28, 2023

काठमाडौं र चितवनको भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]

Success

Thank you for your time.