2 years ago
August 24, 2023
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ ।

सिन्सिनाटिको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेल टाइब्रेकरमा ५-४ ले जित्दै मायमी उपाधि भिडन्तमा स्थान बनाउन सफल भयो । सेमिफाइनलको निर्धारित समय २-२ र त्यसपछि अतिरिक्त समय थप १-१ गोलको बराबरीमा सकिएको थियो ।
निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । मायमीले दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल फर्काउँदै हार टारेको थियो । त्यसपछि थप गरिएको समयमा मायमीले अग्रता लिएपनि सिन्सिनाटिले गोल फर्काएको थियो ।
टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४-४ प्रहारमा गोल भएको थियो । सिन्सिनाटिका हागलन्डले गरेको पाँचौ प्रहार मायमीका गोलरक्षक क्यालेन्डरले बचाए । त्यसपछि मायमीका लागि क्रेमास्कीले पेनाल्टीमा गोल गर्दै जित दिलाए ।
अमेरिकाको ९९ क्लब सहभागी भएको प्रतियोगितामा मेस्सी आउनुअघि नै मायमीले सेमिफाइनलसम्म पुगेको थियो । क्लबले यसअघि क्वाटरफाइनलमा बर्मिंघम एफसीलाई १-० र त्यसअघि नाशभिल एससीलाई २-१ ले हराएको थियो ।
यसै साता लिग्स कप जितेको मायमीले यूएस ओपन कप सेमिफाइनलमामा भने निकै संघर्ष गर्नुपर्यो । दोस्रो हाफको सुरुवातमा २-० को स्थितिबाट पुनरागमन गर्दै मायमीले खेललाई अतिरिक्त समयमा धकेलेको थियो ।

खेलको १८ औं मिनेटमा घरेलु टोली सिन्सिनाटिले अग्रता लियो । लुसियानो अकोस्टाले गोल गर्दै मायमीलाई स्तब्ध पारेका थिए । दोस्रो हाफको ५३ औं मिनेटमा ब्रान्डन भाज्केजले गोल गर्दै २-० को अग्रता दिलाए ।
६८ औं मिनेटमा मायमीका लागि लिओनार्डो काम्पानाले गोल गर्दै खेलमा फर्कने संकेत दिए । लिओनेल मेस्सीको फ्रिकिकमा काम्पानाले हेडरमार्फत सहजै गोल गरेका थिए ।
इन्ज्यूरी समयका लागि थप गरिएको आठौं मिनेटको अन्तिम समयमा मायमीले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्यायो । मेस्सीकै लामो पासमा काम्पानाले हेडरमार्फत गोल गरेका थिए ।
अतिरिक्त समयको पहिलो हाफमै मायमीले खेलमा अग्रता बनायो । क्रेमास्कीको पासमा बेन्चबाट आएका जोसेफ मार्टिनेजले गोल गर्दै ३-२ को अवस्थामा ल्याए ।
तर अतिरिक्त समयको दोस्रो हाफमा सिन्सिनाटिले खेल बराबरी गर्यो । युया कुबोले १ सय १४ औं मिनेटमा गोल गर्दै खेल ३-३ को स्थितिमा ल्याए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोल भएको थियो । त्यसपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
अब उपाधि भिडन्तमा ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा हुनेछ । फाइनल सेप्टेम्बर २७ मा खेलिनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]