default_image

2 years ago

September 10, 2023

विश्वकप छनोटको मिडिया र विज्ञापन अधिकार सिंगापुरको कम्पनीलाई

1415 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना दशरथ रंगशालामा हुने नेपाल र लाओसबीचको विश्व कप एसिया जोन छनोटका लागि १५ हजार अमेरिकी डलरमा सिंगापुरको स्पोर्टस फाइभलाई मिडिया र विज्ञापन अधिकार विक्री गर्ने निर्णय गरेको छ ।

नेपाल र लाओसबीच असोज २५ गते दशरथ रंगशालामा पहिलो लेग र लाओसमा असोज ३० गते दोस्रो लेग हुनेछ । पहिलो चरण पार गरेको खण्डमा भने दोस्रो चरणको छनोटका लागि पनि एन्फाले ६५ हजार अमेरिकी डलरमा स्पोर्टस फाइभलाई मिडिया र विज्ञापन अधिकार दिने निर्णय गरेको छ ।

यसबाहेक अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको आकस्मिक बैठकले घाइते, विरामी खेलाडी, रेफ्री र रेफ्रीको परिवारलाई ११ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

घाइते रहेका राष्ट्रिय यू १५ की यसोदा बोहरालाई ५ लाख, यू १९ खेलाडी सन्जोग मोक्तानलाई १ लाख ५० हजार र सिताकुमारी पौडेललाई १ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बैठकले स्वर्गीय फिफा सहायक रेफ्री विक्रम चौधरीको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने र पूर्व फिफा सहायक रेफ्री तथा एसेसरलाई १ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ ।

महिला तथा अन्य फुटबल विकासको कार्यक्रम संचालन गर्न विभिन्न देशका फुटबल संघ र दातृ निकायसँग आवश्यक पर्ने आर्थिक तथा अन्य सम्झौताका लागि संघले अध्यक्ष नेम्बाङलाई अख्तियारी दिएको एन्फाले जनाएको छ । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोली र बेलायतको तेस्रो श्रेणीको टोलीबीच सन् २०२४ को अप्रिल मेमा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.