default_image

10 months ago

September 27, 2023

पहिलो हाफमा नेपालविरुद्ध भारतलाई अग्रता

1464 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतले साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा पहिलो हाफमा घरेलु टोली नेपालविरुद्ध १-० को अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा भारतीय साहिल खुर्सिदले गोल गर्दै १(० को अग्रता लिएका हुन् ।

भारतले खेलमा २६ औं मिनेटमा गोल गरेको थियो । मिडफिल्डबाट आएको लामो पास नेपाली डिफेन्स लाइनले क्लियर गर्न नसकेपछि बल बक्समा नै खसेको थियो । त्यस समय साहिल खुर्सिदले नेपाली गोलरक्षक जियारथ शेखभन्दा पछाडि जालीमा बललाई पुर्याएका थिए ।

३२ औं मिनेटमा कुशल देउवाको प्रहार सिधै भारतीय गोलरक्षकको हातमा पुगेको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपालले एक राम्रो अवसर पाएको थियो । तर कुशल देउवाको कर्नर समिर तामाङको हेडर फष्टबारबाट बाहिरन पुगेको थियो । पहिलो खेलमा पाकिस्तान सँग १-० ले पराजित भएको नेपालले त्यसपछिको खेलमा भने माल्दिभ्सलाई ४-१ ले हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो।

यस खेलको विजेता टोलीले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले आज पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै फाइनलको प्रवेश गरेको छ । फाइनल शनिबार हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.