default_image

10 months ago

October 8, 2023

आहा रारामा भारतीय क्लब ल्याउने थापाको प्रतिबद्धता

610 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – भारतीय फुटबल टोलीका पूर्व स्टार श्याम थापाले सहारा क्लब पोखराले सन्चालन गरेकको सहारा फुटबल एकेडेमी अवलोकन गरेका छन् ।

पोखराको दोबिल्लास्थित एकेडेमीको आइतबार अवलोकन गर्दै थापाले त्यहाँ आश्रित बालकहरुलाई फुटबल खेलाडी बन्नुपर्ने भन्दै उत्प्रेरणा दिए । साथै, आहा रारा पोखरा गोल्ड कप प्रतियोगितामा भारतको कुनै एउटा सशक्त टोलीलाई सहभागी गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

एकेडेमी व्यवस्थापन उपसमिति संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले थापालाई स्वागत गर्दै एकेडेमी सन्चालनको उद्देश्यमाथि प्रकाश पारे । कार्यक्रममा क्लब अध्यक्ष केशवराज बराल, सचिव टंकप्रसाद पौडेल, क्लबका मानार्थ सदस्य महेश गुरुङलगायतले थापा स्वागत गरेका थिए ।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको स्थापित क्लब सहाराले सन्चालन गरेको एकेडेमीमा हाल चौंथो ब्याचका विद्यार्थी छन्। उनीहरुलाई क्लबले फुटबल सिकाउनुका साथै निःशुल्क आवासीय सुविधा र शिक्षा दिदै आएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.