default_image

8 months ago

November 25, 2023

आत्मघाती गोलमा बार्सिलोनाको बराबरी

640 views

0 Bookmark

एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत शनिबार साँझ भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना रायो भालेकानो विरुद्ध १-१ को बराबरीमा रोकिएको हो ।

फ्लोरियन लेजुएनले आत्मघाती गोल गर्दा बराबरीमा रोकिएको रायोका लागि उनाइ लोपेजले सुरुवाती अग्रता दिलाएका थिए । पछिल्लो समय आफ्नो लय बिराएको बार्सिलोनाले फेरि पनि सोचेजस्तो प्रदर्शन गर्न सकेन । सुरुवाती समयमा रायोले नै प्रभुत्व जमाएको थियो ।

खेलमा अग्रता पनि रायोले नै लिएको थियो । ३९औं मिनेटमा लोपेजले बक्स बाहिर बाट सुन्दर प्रहार गर्दै बार्सिलोनाका गोलरक्षक इनाकी पेनाविरुद्ध गोल गरेका थिए ।

दोस्रो हाफमा भने बार्सिलोनाले केहि सुधारिएको प्रदर्शन गर्यो । ४७औं मिनेटमा लामीन यमालको प्रहार पोस्टको केही माथि बाट बाहिरियो । ५४औं मिनेटमा फेरान टोरसको प्रहार रायो गोलरक्षक दिमित्रिएभ्सकीको हातमा सिधै जाना पुग्यो ।

६४औं मिनेटमा इलकाय गुन्डोगानको क्रसमा इनीगो मार्टिनेजको हेडरले पोस्टको दिशा लिन सकेन । ८२औं मिनेटमा बार्सिलोनाले बराबरी गर्यो । अलेकज्याण्डर बाल्डेको क्रसमा रायोका डिफेन्डर लेजुएनले आत्मघाती गोल गरेका थिए ।

बराबरी पछि बार्सिलोनाको १४ खेलमा ३१ अंक रहेको छ । एक खेल कम खेलेका जिरोना र रियल म्याड्रिडको क्रमश: ३४ र ३२ अंक रहेको छ । चौथो स्थानमा रहेको एटकेटीको म्याड्रिडको दुई खेल कम खेल्दा २८ अंक रहेको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.