default_image

8 months ago

November 26, 2023

चेल्सीविरुद्ध न्युक्यासलको सानदार जित

519 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार बेलुका भएको खेलमा न्युक्यासल युनाइटेडले चेल्सी विरुद्ध सानदार जित निकालेको छ। न्युक्यासलले चेल्सी विरुद्ध ४-१ को फराकिलो जीत हात पारेको हो ।

न्युक्यासलको जितमा अलेकज्याण्डर इसाक, जमाल ल्यासेल्स, जोएलिन्टन र एन्थोनी गोर्डनले एक एक गोल गरेका थिए।

इसाकले खेलको १३औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। युवा खेलाडी लुइस माइलीको थ्रु पासमा गोल गर्दै इसाकले अग्रता दिलाएका थिए। तर चेल्सीले बराबरी गर्न धेरै समय लगाएन। २३औं मिनेटमा रहिल स्टरलिङ्गले सानदार फ्रि-किक प्रहार गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए।

दोस्रो हाफमा भने न्युक्यासलले तीन गोल थप्यो। ६०औं मिनेटमा ल्यासेल्सले गोर्डनको क्रसमा हेडर मार्फत गोल गर्दै न्युक्यासललाई पुनः अग्रता दिलाए। त्यसको एक मिनेट पछि नै न्युक्यासलले अर्को गोल थप्यो।

चेल्सी डिफेन्डर थियागो सिल्भाको गल्ती पश्चात जोएलिन्टनले गोल गर्दै अग्रता दुई गोलको बनाए। ७३औं मिनेटमा चेल्सी १० जनामा सिमित भयो। रिस जेम्स रातो कार्ड खाँदै मैदान बाहिरिएपछि चेल्सी दश जनामा सिमित भएको थियो।

८३औं मिनेटमा गोर्डनले चौथो गोल गर्दै फराकिलो जीत सुनिश्चित गरे।

जित पछि न्युक्यासल १३ खेलमा २३ अंक सहित छैठौं स्थानमा उक्लिएको छ । चेल्सी भने १३ खेलमा १६ अंक सहित ११औं स्थानमा छ ।

गएराति नै सम्पन्न खेलहरुमा वेस्ट ह्याम, लुटन टाउन, ब्राइटन र बर्नमाउथले पनि जित हासिल गरेका छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.