default_image

8 months ago

November 30, 2023

युनाइटेड समूह चरणबाट बाहिरिने खतरा

936 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेड र गालातासाराय बीचको खेल ३-३ को रोमाञ्चक बराबरीमा सकिएको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले दुई पटक दुई गोलको अग्रता सुम्पिन पुग्यो ।

गालातासारायको घरेलु मैदानमा सदाझैं निकै अशान्त वातावरणमा भएको खेलमा अग्रता युनाइटेडले लिएको थियो । ११औं मिनेटमा अलेहान्द्रो गार्नाचोजो गोल गरे । ब्रुनो फर्नान्डेजको पासमा गार्नाचोले बायाँ खुट्टाले राम्रो फिनिश गर्दै खेलमा अग्रता दिलाएका थिए ।

१८औं मिनेटमा युनाईटेडले अग्रता दोब्बर बनायो । ब्रुनो फर्नान्डेजले बक्स बाहिरबाट गरेको प्रहारले जालि चुमेको थियो । त्यसपछि भने युनाईटेडले केही समय लय गुमायो ।

२९औं मिनेटमा फ्रिकिकमा गोल गर्दै हाकिम जिएकले खेलमा युनाइटेडले अग्रता एक गोलमा झारे । चेल्सीबाट खेलिसकेका विंगर जिएकको प्रहार युनाइटेडका गोलरक्षक आन्द्रे ओनाना गाेललाइनमा पहिलै सरेका कारण गोल बचाउन सकेनन् ।

तर ५५औं मिनेटमा युनाईटेडले दुई गोलको अग्रता पुनः स्थापित गर्यो । एरन वान बिसाकाको पासमा स्कट मक्टोमिनेले गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याएका थिए ।

तर त्यसपछि भने युनाईटेडले पुनः लय गुमाउन पुग्यो र आन्द्रे ओनाना पुनः गल्ति गर्न पुगे । जिएकको फ्रिकिक बचाउने क्रममा उनले बललाई पोस्ट भित्र नै छिराएपछि घरेलु टोलीले अग्रता पुनः एक गोलमा झारेको थियो ।

७१औं मिनेटमा भने गालातासारायले खेलमा बराबरी गर्न सफल भयो । जिएकको पासमा केरेम आक्टूरकोग्लुले सानदार फिनिश गर्दै ओनानालाई नियरपोस्टमा बिट गरे ।

कोपेनहेगन र बायर्नको खेल गोलरहित बराबरीमा सकिएपछि युनाइटेड अंक तालिकाको पुछारमा पुगेको छ ।

बराबरी सँगै युनाईटेडको अर्को चरण प्रवेश गर्न निकै कठिन भएको छ । अंक तालिकामा बायर्न ५ खेलमा १३ अंकसहित समूह विजेता बनिसकेको छ । कोपेनहेगन र गालाटासरेको ५-५ अंक छ । म्यानचेस्टर युनाइटेड ४ अंकसहित पुछारमा छ ।

युनाइटेडले अब अन्तिम खेलमा बायर्न म्युनिखलाई हराउनै पर्ने दबाब रहेको छ । अर्को खेलमा गालाटासरे र कोपेनहेगनबीच नकआउट चरण सरह खेल हुनेछ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.