default_image

2 years ago

December 4, 2023

काठमाडौंले कप्तान परिवर्तन गर्यो

3563 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले झापा विरुद्ध हुने तेस्रो खेलअघि आफ्नो कप्तान परिवर्तन गरेको छ ।

लिगको सुरुवाती दुई खेलमा मार्की खेलाडी हिसुब थपलियालाई कप्तानको जिम्मेवारी दिएको काठमाडौंले आजको खेलमा अनुभवी डिफेन्डर कुलदिप कार्कीलाई कप्तान बनाएको छ । कुलदिपले यसअघि ए डिभिजनमा जावलाखेल युवा क्लबको कप्तानी गरेका थिए ।

काठमाडौंले सुरुवाती दुई खेलमा एक जित र एक बराबरीको नतिजा निकालेको छ । पहिलो खेलमा इलामलाई १-० ले हराएको काठमाडौंले दोस्रो खेलमा चितवनसँग १-१ को बराबरी खेलेको थियो ।

आजको खेलमा झापा पनि आफ्नो नियमित कप्तानबिना खेल्दैछ । चोटका कारण अन्जन विष्टले आजको खेल खेल्ने छैनन् ।

विस्तृतमा पढ्नुहोस : घाइते अन्जनले आजको खेल गुमाउने

खेलको सुरुवाती ११ र प्रत्यक्ष प्रसारण यहाँ हेर्नुहोस

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.