default_image

8 months ago

December 10, 2023

सानदार जितसँगै इन्टर मिलान शीर्षस्थानमा

355 views

0 Bookmark

एजेन्सी – उडिनेसमाथि सानदार जित दर्ता गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लदा एसी मिलानले भने हार बेहोरेको छ ।

इन्टरले घरेलु मैदानमा उडिनेसमाथि ४–० को सानदार जित निकाल्दै युभेन्टस्लाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । इन्टरको सहज जितमा हकान चलहानोग्लु, फेडरिको डिमार्काे, मार्कस थुराम र लौउटारो मार्टिनेजले गोल गरे ।

मिलानोमा शुक्रबार राति भएको खेलमा इन्टरले खेलको ३७औं मिनेटमा हकानको पेनाल्टी गोलबाट १–० को अग्रता लिएको थियो । ४२औं मिनेटमा फेडरिको डिमार्काेले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

त्यसको दुई मिनेटपछि नै मार्कस थुरामले गोल गरेपछि इन्टरले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । त्यसपछि ८४औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई सहज जित दिलाए ।

मार्टिनेजको उडिनेसविरुद्धको गोल सन् २०२३ मा २९औं गोल हो । सन् २००० यता, इन्टरका कुनैपनि खेलाडीले एक क्यालेन्डरमा सिरी ‘ए’ मा यति गोल गरेका छैनन् ।

यस जितले इन्टरले शीर्षस्थानमा युभेन्ट्सलाई २ अंकले पछि पारेको छ । शीर्षस्थानको इन्टरको १५ खेलबाट ३८ अंक पुगेको छ । समान खेलबाटै युभेन्ट्सको ३६ अंक छ । पराजित उडिनेस १२ अंक जोडेर १६औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा एसी मिलान घरेलु टोली एटलान्टासँग ३–२ ले पराजित भएको हो । एटलान्टाको जितमा एडेमोला लुकमनले दुई तथा लुइस मुरेलले एक गोल गरे । मिलानका ओलिभर जिरुड र लुका जोभिकले गोल फर्काए ।

अन्तिम समयमा मिलान १० खेलाडीमा समेटिन पुगेको थियो । डाभिड कालाब्रिया इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि लुइसले गोल थप्दै मिलानलाई हार चखाए ।

यस जितले एटलान्टा १५ खेलबाट २३ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित मिलान २९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा शीर्ष टोलीसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.