default_image

2 years ago

December 10, 2023

ललितपुर र चितवन भिड्दा रोमान्चक खेलको अपेक्षा

976 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण सुरु हुनुअघि नै उपाधिको दावेदार मानिएका ललितपुर सिटी एफसी र एफसी चितवन आइतबार भिड्दै छन् । खेल काठमाडौंको दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

कागजमा दावेदारको रुपमा रहेका यी दुई टोलीको प्रदर्शन राम्रो भएपनि सोहीअनुसार नतिजा भने आएको छैन । विदेशी प्रशिक्षकको नेतृत्वमा दुवै टोलीले सटिक योजना अनुसार खेल्ने प्रयास गरेको भने प्रष्ट देखिन्छ । स्तरीय विदेशी खेलाडीसहित नेपाली खेलाडीको राम्रो सम्मिश्रण रहेका यी दुई टोलीको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ ।

यसका बाबजुद आ-आफ्नो व्यवस्थापनले अपेक्षा गरेको भन्दा दुवै टोलीको अवस्था फरक छ । ललितपुर अहिलेसम्म अपराजित छ, तर आफ्नो चार मध्य तीन खेलमा अंक गुमाएको छ, सम्भावित १२ बाट ६ अंक मात्र जोडेको छ । चितवनले ४ खेलमा १ जित, २ बराबरी र १ हारका साथ ५ अंक मात्र जोडेको छ ।

ललितपुरका स्ट्राइकर पापा इबु केबे ह्यामस्ट्रिङको चोटबाट गुज्रिरहेका छन् जसले ललितपुरका मुख्य प्रशिक्षक इयान एन्ड्र्यु गिलानको सेटअपमा बाधा पुगेको छ । ललितपुरको टोली राम्रो नेपाली खेलाडीले भरिएको छ तर केबेको चोटपछि गोल निकाल्न संघर्ष गरिरहेको छ । वीरगन्जविरुद्ध २-२ को बराबरीमा भने ललितपुरले रक्षात्मक रुपमा बिर्सनलायक प्रदर्शन गरेको थियो ।

ललितपुरजस्तै चितवनको पनि सुरुवात सोचेजस्तो भएको छैन । लिगमा दुई बराबरी गरेको चितवनको दुवै बराबरी खेलको अन्तिम समयमा गोल खाएर भएको थियो । अग्रता रहेपनि दुइ खेलमा चितवनले अन्तिम समयमा अग्रता जोगाउन सकेको छैन ।

सिजन सुरु हुन अगावै प्रशिक्षक परिवर्तन गरेको चितवनले रक्षापंक्तिका इभान गोन्जालेजको स्थानमा अर्का रक्षक मार्को इभानोभिचलाई डाकेको छ । मिडफिल्डमा टोरीच जेब्रिन र अफ्रिए अक्वाहलाई उत्सव राईले साथ दिएका छन् ।

आज जित हासिल गर्न सकेमा ललितपुर अंक तालिकाको शीर्षस्थानमा उक्लनेछ भने चितवनले पनि पहिलो र दोस्रो स्थानमा रहेका धनगढी र पोखरासँग अंक बराबरी गर्नेछ ।

एनएसएलको सम्पूर्ण जानकारी यहाँ

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.