default_image

2 years ago

December 10, 2023

पहिलो हाफमा ललितपुरको अग्रता

525 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा आइतबार जारी खेलको मध्यान्तर सम्म ललितपुर सिटी एफसीले एफसी चितवन विरुद्ध १-० को अग्रता लिएको छ । ललितपुरका लागि पापा केबेले गोल गर्दै अग्रता दिलाएका हुन् ।

दोस्रो संस्करण सुरू हुनु अगावै उपाधि दाबेदार मानिएका यी दुई टोलीको पहिलो हाफको खेल प्रतिस्पर्धात्मक भएको छ । अवसरहरू दुबै टोलीबाट सिर्जना भएपनि ललितपुरले धेरै स्पष्ट मौकाहरु बनाएको छ ।

खेलको पहिलो अवसर भने चितवनले सिर्जना गरेको थियो तर अमिनुले प्रहार गर्नु अघि अनन्त तामाङले बल क्लियर गरिदिए । सातौं मिनेटमा चितवनले अर्को मौका बनायो । विमल घर्तीमगरले अमिनुलाई दिएको पासमा अमिनुले रोशन राना मगरलाई स्पेशमा दिएको पासमा उनको प्रहार सनिश श्रेष्ठले ब्लक गरे ।

सनिशलाई त्यसपछि केही मेडिकल सहायता चाहिएको थियो । उनी चोटग्रस्त देखिएपनि फिजियोको उपचारपछि मैदानमै रहे । १३औं मिनेटमा ललितपुर गोलरक्षक बाल्टुसको लामो पास चितवनले क्लियर नगरेपछि दिनेश हेन्जनलाई अवसर सृजना भएको थियो तर उनको प्रहार विशालले बचाएर कर्नरका लागि फालिदिए ।

१५औं मिनेटमा इमोहको क्रसमा केबेले बक्स भित्रबाट प्रहार गर्न सकेनन् । १८औं मिनेटमा चितवनले डिफेन्स लाईनमा मिसपास खेलेपछि इमोह इजिकिएलले पाएको बलमा पापा केबेलाई पास दिए तर उनको प्रहार विशालले बचाए ।

अर्को मिनेटमा भने ललितपुरले खेलमा अग्रता लियो । पहिलो केही खेलमा चोटका कारण सुरुवाती ११ मा नरहेका केबेले गोल गर्दै अग्रता दिलाएका थिए । उनले दिनेश हेन्जनको क्रसमा गोलपोस्टको नजिक बाट गोल गरेका थिए ।

२७औं मिनेटमा निखिलको बक्स बाहिरबाट लिएको प्रहार युसुफ मुबारकले ब्लक गरे । २९औं मिनेटमा विमलको प्रहार ललितपुर गोलरक्षक बाल्टुसले बचाउ गरे ।

३१औं मिनेटमा अमिनुले एकल रन बनाउँदै बक्स भित्रबाट स्पेश बनाएर गरेको प्रहार सिधै बाल्टुसलाई लाग्न पुग्यो । ४०औं मिनेटमा इमोहलाई बक्स बाहिर फाउल गरेपछि ललितपुरले मुबारकको लागि रातो कार्डको अपिल गरेको थियो तर रेफ्रीले पहेँलो कार्ड मात्र दिए ।

४५औं मिनेटमा इमोहको प्रहार युसुफलाई लागेर क्रसबारको माथिल्लो भागमा लागेर बाहिरिन पुग्यो र ललितपुर अग्रता दोब्बर बनाउन बाट चुक्यो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.