default_image

8 months ago

December 11, 2023

बार्सिलोनालाई हराउँदै जिरोना शीर्षस्थानमा

2006 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै यो सिजन उच्च प्रदर्शन गरिरहेको जिरोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा बार्सिलोनालाई उसकै मैदानमा ४–२ ले पराजित गरेपछि रियल म्याड्रिडलाई पछि पार्दै जिरोना ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा बार्सिलोनालाई उसकै मैदानमा ४–२ ले पराजित गरेपछि रियल म्याड्रिडलाई पछि पार्दै जिरोना ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो ।

जिरोनाको जितमा अर्टिम डोभेक, मिगुइल गुइटेरेज, भालेरी फर्नान्डेज र क्रिष्टियन स्टुएनीले गोल गरे । बार्सिलोनाका रोबर्ट लेवान्डोस्की र इल्केए गुन्डोगानले गोल फर्काए ।

बार्सिलोनाको मैदान स्टडि ओलिमपिक लुइस कम्पनीमा आइतबार राति भएको खेलमा घरेलु टोली खेलको १२औं मिनेटमा पछि परेको थियो । अर्टिम डोभेकले भिक्टरको पासमा गोल गर्दै जिरोनालाई अग्रता दिलाए ।

तर, जिरोनाको त्यो अग्रता लामो समय टिकेन । १९औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।

४०औं मिनेटमा मिगुइल गुइटेरेजले गोल गर्दै जिरोनालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । उनले इभान मार्टिनको पासलाई सदुपयोग गरे । ८०औं मिनेटमा भालेरी फर्नान्डेजले गोल गरेपछि जिरोना जिततर्फ अग्रसर बन्यो ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा इल्केए गुन्डोगानले फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए । तर, इन्ज्युरी समयको पाँचौं मिनेटमा क्रिष्टियन स्टुएनीले गोल गर्दै बार्सिलोनालाई हार चखाए ।

यस जितसँगै रियल म्याड्रिडलाई २ अंकले पछि पार्दै जिरोना शीर्षस्थानमा उक्लिएको छ । यो सिजन उच्च प्रदर्शन गरिरहेको जिरोनाको १६ खेलबाट १३ जित, २ बराबरी र १ हारका साथ ३९ अंक जोडेर शीर्षस्थानमा छ । रियलको ३९ अंक छ ।

पराजित बार्सिलोना १६ खेलबाट ३४ अंक जोडेर चौथो स्थानमा रहँदा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । समान ३४ अंक रहेपनि एट्लेटिको मड्रिड गोलअन्तरमा अघि छ ।

ला लिगाकै अर्काे खेलमा एट्लेटिको मड्रिडले अल्मेरियालाई २–१ ले पराजित गरेको छ । एट्लेटिकोको जितमा अल्भारो मोराटा र एन्जल कोरेआले गोल गरे । अल्मेरियाका लियो बाप्टिस्टाओले एक गोल फर्काए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.