default_image

8 months ago

December 11, 2023

पोखरामाथि काठमाडौंको रोमान्चक पुनरागमन जित

767 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा उज्बेकी फरवार्ड जोकिर उगली शोख्रुखले गोल गरेपछि नेपाल सुपर लिग २ अन्तर्गत सोमबार सम्पन्न खेलमा काठमाडौं रेजर्स फुटबल क्लबले पोखरा थन्डर्सलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा पोखराले दोस्रो हाफमा अग्रता लिएपनि काठमाडौंले अन्त्यतिर ८ मिनेटको अन्तरमा दुई गोल गर्दै २-१ को रोमान्चक जित दर्ता गर्यो । पहिलो हाफमा काठमाडौंविरुद्ध हावी बनेको पोखराले यस सिजन पहिलो खेल खेलिरहेका गोलरक्षक एन्जल श्रेष्ठलाई बिट गर्न सकेन ।

दोस्रो हाफमा अग्रता लिएपनि अन्त्यतिर डिफेन्सले लगातार गल्ती गर्दा काठमाडौं जित हासिल गर्न सफल रह्यो । पोखराले सिजनको पहिलो हारको सामना गर्दा काठमाडौंले भने पछिल्लो हार बिर्साएको छ ।

यस जितले काठमाडौं ८ अंक जोड्दै धनगढीको साथमा शीर्ष ३ मा अटेको छ । शीर्षस्थानको ललितपुरको ९ अंक छ । पोखरा ८ अंकसाथ तेस्रो स्थानमा छ ।

चौथो मिनेटमा पोखराका मोसेस ग्याबाको प्रहारले पोस्टको दिशा लिन सकेन । १२औं मिनेटमा पोखराकै सुरज जिउ ठकुरीको क्रसमा फ्रान्कलिन टाल्लाको हेडर प्रहार पोस्टको माथिबाट बाहिरियो ।

१४औं मिनेटमा आयुष घलानको पास रोक्ने क्रममा आन्द्रेस निया मिडफिल्डमा चिप्लिएपछि मोसेसले अवसर पाएका थिए तर उनको प्रहार डिफलेक्ट भएर बाहिरियो ।

१८औं मिनेटमा शोखरुख र खमीर गिलशनको राम्रो तालमेल मिलिरहेको बेला अन्जन राईले शोखरुखका लागि खेलेको पास असफल रहँदा मौका सिर्जना हुन सकेन । काउन्टरमा माेसेसको प्रहार एन्जलले बचाउन सफल भए ।

२७औं मिनेटमा राजीव लोप्चनको क्रस शोखरुखले नियन्त्रणमा।लिन नसकेपछि प्रहार गर्न सकेनन् । दुई मिनेट पश्चात उनकै फ्रिकिक यभ्स प्रिसोले बचाए ।

३४औं मिनेटमा पोखराका मार्कि खेलाडी आयुष घलानको थ्रु पासमा मोसेसको प्रहारमा एन्जलले हात लगाएपछि बल पोस्ट तर्फ अघि बढेको थियो तर नियाले सो बललाई क्लियर गरिदिए ।

३५औं मिनेटमा सुरजको कर्नरमा मोसेसको प्रहार एन्जल बिट भएपछि राजीव लोप्चनले गोल लाइनबाट क्लियर गरिदिए । ३८औं मिनेटमा सुरजको क्रसमा माेसेसले प्रहार गरेको हेडर क्रसबारको माथिल्लो भागमा लागेर बाहिरियो ।

४५औं मिनेटमा काठमाडौँका लागि पहिलो हाफको बीचमा खमीर गिलशनको ठाउँमा मैदान प्रवेश गरेका मार्की खेलाडी हिसुब थपलियाको क्रसमा एन्केन्गवेको फ्रि हेडर पोस्ट तर्फ गएन ।

४७औं मिनेटमा दिपेश आले मगरको पासमा माेसेस पुग्नु अघि एन्जल लाइन अगाडि आएर समाते । अर्को मिनेटमा सोही कम्बिनेसन पछि माेसेसले अन्नोरका लागि खेलेको क्रस एन्जलले नै सहजै समाते ।

५९औं मिनेटमा पोखराले खेलमा अग्रता कितो गर्यो । अन्नोरको बक्स बाहिर बाट लिएको प्रहार एन्जलले समात्न नसकेपछि आयुष घलान पुगेर बल एन्जल लाई बिट गर्दै खेलमा अग्रता बनाए ।

७२औं मिनेटमा माेसेस दायाँ फ्लान्कमा खाली भएको अवस्थामा दिपेशको लागि खेल्न खोजेको क्रस नियाले क्लियर गरे । बक्समा निया मात्र एक रक्षक रहेका थिए ।

७३औं मिनेटमा आयुषको माेसेसका लागि खेलेको क्रसमा उनले प्रहार गर्न सकेनन् ।

८२औं मिनेटमा माेसेसको प्रहार एन्जलले बचाएपछि पोस्ट तर्फ गइरहेको बेलामा नियाले क्लियर गरे । अर्को मिनेटमा काठमाडौँले बराबरी गर्यो ।

दिपेश गुरुङको पासमा एन्केन्गवेले बक्सको छेउ बाट कुना च्यापेर गरेको प्रहार प्रिसोले बचाउन सकेनन् र काठमाडौं खेलमा फर्कियो ।

थपिएको समयको तेस्रो किनेटमा भने काठमाडौँले गोल गर्दै जित सुनिश्चित गर्यो । गोलमा उज्बेकी जोडी शोखरुख र तोजिदीनोभको कम्बिनेसन रहेको थियो ।

तोजीदिनोभले मध्य भाग बाट खेलेको लामो पासमा शोखरुखले लाईन बाहिर आएका प्रिसोलाई चिप गर्दै बिट गरेर गोल गरेका थिए ।

मंगलबार हुने खेलमा झापा फुटबल क्लब र बुटवल लुम्बिनी एफसी खेल्नेछन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.