2 years ago
December 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार जारी खेलको मध्यान्तर सम्म एफसी बुटवल लुम्बिनी विरुद्ध १-० को अग्रता बनाएको छ ।

अन्जन विष्टको पासमा ३९औं मिनेटमा गोल गर्दै सान्चेजले झापालाई अग्रता दिलाएका हुन् ।
चोटका कारण पछिल्लो दुई खेल गुमाएका झापाका कप्तान अन्जन विष्ट आज सुरुवाती ११ मा फर्किएका छन् । झापाका युवा डिफेन्डर योगेश गुरुङ पछिल्लो खेलमा रातो कार्ड खाँदै आजको खेलका लागि निलम्बित भएका कारण टोलीमा छैनन् । उनको स्थान विशाल बस्नेतले लिएका छन् ।
खेलमा दुबै टोलीबाट मौकाहरु बनेका छन् । तर झापाले नै बुटवल गोलरक्षक मोहम्मडु लाई व्यस्त राखेको थियो । झापाका कुपिचले भने धेरै समस्या झेल्न परेको छैन ।
चौथो मिनेटमा झापाका सान्चेज बक्समा लडेपछि पेनाल्टीको अपिल गरेका थिए तर रेफ्रीले पेनाल्टी दिएनन् । सोही अपिल पछिको काउन्टरमा स्टेफन बिनोङको पासमा आशिष लामाको प्रहार सुमित श्रेष्ठले ब्लक गरे ।
आठौं मिनेटमा झापाका लक्ष्मण रुचालको पासमा सुमितले गरेको क्रसमा सान्चेजले चाहेजस्तो प्रहार गर्न सकेनन् । सोही मिनेटमा सान्चेजको बायाँ खुट्टाले गरेको प्रहार मोहम्मडुले बचाए ।
१२औं मिनेटमा झापाका लक्ष्मणले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको निकै बाहिर जान पुग्यो । बक्सको बायाँ पट्टी पासको आस गरिरहेका अन्जन केही उत्तेजित देखिएका थिए ।
१३औं मिनेटमा झापालाई गाेलपोस्टले बचायो । सरोज तामाङको क्रस बिनोङले नियन्त्रण गर्न खोज्दा सर्ज सङको खुट्टामा पुग्यो । उनको प्रहार पोस्टमा लागेर फर्कियो। रिबाउन्डमा उनको प्रहारलाई कुपिचले बचाए ।
१७औं मिनेटमा प्रशान्त लक्समले बक्स बाहिर बाट प्रहार गर्दा पुनः अन्जन खुसी देखिएनन् ।
२०औं मिनेटमा झापाले ठूलो अवसर गुमाउन पुग्यो । अन्जनको बक्स बाहिरबाट लिएको प्रहार मोहम्मडुले बचाएपछि लक्ष्मणले रिबाउन्डमा सहज मौकामा पोस्टको बाहिर प्रहार गरे ।
२३औं मिनेटमा झापाका छिरिङ गुरुङको क्रसमा। सान्चेजले नियन्त्रणमा लिएर गरेको प्रहार मोहम्मडुले बचाउन पुगे । २४औं मिनेटमा लक्ष्मणको क्रसमा अन्जनको हेडर प्रयासले पोस्टको दिशा लिन सकेन ।
३४औं मिनेटमा सरोजको फ्रिकिकले कुपिचलाई दुःख दिन सकेन । ३६औं मिनेटमा सरोजकै ट्याकलमा अन्जन बक्समा लडेपछि पेनाल्टीको अपील गरेका थिए । तर रेफ्री सुरोजित दासले अन्जनलाई नै पहेँलो कार्ड देखाए ।
३९औं मिनेटमा भने झापाले अग्रता लियो । धेरै आलोचना खेपेका सान्चेजले अन्जनले पासमा गोल गर्दै खेलमा झापालाई अग्रता दिलाए । पाँचौं खेलमा यो उनको पहिलो गोल समेत हो ।
झापा अहिलेसम्म खेलेको ४ खेलमा जितविहिन छ र ३ अंक सहित आठौं स्थानमा छ । बुटवल भने ५ खेलमा ७ अंकसहित पाँचौं स्थानमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]