default_image

2 years ago

December 12, 2023

एनएसएलमा झापाको पहिलो जित

1459 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जोर्गे सान्चेजको गोलमा झापा एफसीले नेपाल सुपर लिग(एनएसएल ) मा पहिलो जित दर्ता गरेको छ ।

अन्जन विष्टको पासमा ३९औं मिनेटमा गोल गर्दै सान्चेजले झापालाई जित दिलाए ।

चोटका कारण दुई खेल गुमाएका झापाका कप्तान अन्जन विष्ट आज सुरुवाती बाट नै खेलेका थिए । झापाका युवा डिफेन्डर योगेश गुरुङ पछिल्लो खेलमा रातो कार्ड खाँदै आजको खेलका लागि निलम्बित भएका कारण टोलीमा थिएनन् । उनको स्थान विशाल बस्नेतले लिएका थिए ।

खेलमा स्पष्ट मौका हरु भने झापाले नै बनायो । बुटवलले पनि मौका सिर्जना गरेपनि सदुपयोग भने गर्न सकेन ।

चौथो मिनेटमा झापाका सान्चेज बक्समा लडेपछि पेनाल्टीको अपील गरेका थिए तर रेफ्रीले पेनाल्टी दिएनन् । सोही अपील पछिको काउन्टरमा स्टेफन बिनोङको पासमा आशिष लामाको प्रहार सुमित श्रेष्ठले ब्लक गरे ।

आठौं मिनेटमा झापाका लक्ष्मण रुचालको पासमा सुमितले गरेको क्रसमा सान्चेजले चाहेजस्तो प्रहार गर्न सकेनन् । सोही मिनेटमा सान्चेजको बायाँ खुट्टाले गरेको प्रहार मोहम्मडुले बचाए ।

१२औं मिनेटमा झापाका लक्ष्मणले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको निकै बाहिर जान पुग्यो । बक्सको बायाँ पट्टी पासको आस गरिरहेका अन्जन केही उत्तेजित देखिएका थिए ।

१३औं मिनेटमा झापालाई गाेलपोस्टले बचायो । सरोज तामाङको क्रस बिनोङले नियन्त्रण गर्न खोज्दा सर्ज सङको खुट्टामा पुग्यो । उनको प्रहार पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा उनको प्रहार कुपिचले बचाए ।

१७औं मिनेटमा प्रशान्त लक्समले बक्स बाहिर बाट प्रहार गर्दा पुनः अन्जन खुसी देखिएका थिएनन् ।

२०औं मिनेटमा झापाले ठूलो अवसर गुमाउन पुग्यो । अन्जनको बक्स बाहिरबाट लिएको प्रहार मोहम्मडुले बचाएपछि लक्ष्मणले रिबाउन्डमा सहज मौकामा पोस्टको बाहिर प्रहार गरे ।

२३औं मिनेटमा झापाका छिरिङ गुरुङको क्रसमा। सान्चेजले नियन्त्रणमा लिएर गरेको प्रहार मोहम्मडुले बचाउन पुगे । २४औं मिनेटमा लक्ष्मणको क्रसमा अन्जनको हेडर प्रयासले पोस्टको दिशा लिन सकेन ।

३४औं मिनेटमा सरोजको फ्रिकिकले कुपिचलाई दुःख दिन सकेन । ३६औं मिनेटमा सरोजकै ट्याकलमा अन्जन बक्समा लडेपछि पेनाल्टीको अपील गरेका थिए । तर रेफ्री सुरोजित दासले अन्जनलाई नै पहेँलो कार्ड देखाए ।

३९औं मिनेटमा भने झापाले अग्रता लियो । धेरै आलोचना खेपेका सान्चेजले अन्जनको पासमा गोल गर्दै खेलमा झापालाई अग्रता दिलाए । पाँचौं खेलमा यो उनको पहिलो गोल समेत हो ।

दोस्रो हाफ भने पहिलो जस्तो आक्ररमण भएन । दुबै टोलीबाट धेरै मौका सिर्जना हुन सकेन ।

५३औं मिनेटमा बिनोङमाथि ओचिलोभको ट्याकलमा रेफ्रीले पेनाल्टी दिएनन् । ६१औं मिनेटमा आवासको पासमा अन्जनले बल नियन्त्रणमा लिएर पोस्टको माथि प्रहार गरे ।

६७औं मिनेटमा बुटवलका गौरव श्रेष्ठको क्रसमा अर्नेस्ट टाम्पिले हेडर प्रहार गर्न असफल रहे । त्यसको अर्को मिनेटमा सान्चेज र प्रशान्त बीच बक्सको छेउमा वान – टू पश्चात प्रशान्तका लागि सिर्जना भएको मौकामा उनको प्रहार गौरवले विफल पारे ।

७७औं मिनेटमा अन्जनको पासमा प्रदिप लामाको प्रहार पासाङले ब्लक गरे । ८३औं मिनेटमा मोहम्मडुले लगातार दुई उत्कृष्ट बचाउ गरेर झापालाई दुई गोलको अग्रता लिनबाट रोके । सान्चेजको शक्तिशाली प्रहार उनले बचाउ गरेपछि क्रसबारमा लागेर फर्कियो । रिबाउन्डमा समिराज ठोकरको हेडर पुनः मोहम्मडुले उत्कृष्ट बचाउ गरे ।

८८औं मिनेटमा बिनोङले सिक्स यार्ड बक्स भित्र बाट प्रहार गर्न सकेनन् । थपिएको समयमा ओचिलोभको पासमा प्रदीप लामाको प्रहार बाहिर गयो ।

झापा ५ खेलमा ६ अंक सहित छैठौं स्थानमा उक्लिएको छ । बुटवल ६ खेलमा ७ अंक सहित पाँचौं स्थानमा यथावत छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.