default_image

8 months ago

December 13, 2023

रियल म्याड्रिडको शतप्रतिशत जित

736 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा अपराजित यात्रा निरन्तरता दिएको छ ।

समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा मंगलबार रियलले युनियन बर्लिनलाई ३–२ ले हरायो । यो समूहबाट रियल र नेपोली यसअघि नै नकआउट चरण पुगिसकेका थिए ।

अर्को खेलको नेपोलीले स्पोर्टिङ ब्रागलाई २–० ले हरायो । रियलले १८, नेपोलीको १०, ब्रागको ४ र बर्लिनको २ अंक जोड्यो।

समूह ‘बी’ मा आर्सनलसँगै पिएसभी आयनहोभन प्रि क्वाटरफाइनलमा पुगेको छ । यसअघि नै अन्तिम १६ मा पुगेको आर्सनल र आयनहोभनसँग १–१ को बराबरी खेले । बराबरीले आयनहोभनलाई अघि बढ्न पर्याप्त रह्यो।

समूहको‌ अर्को खेलमा लेन्सले सेभिल्लालाई २-१ ले हरायो। तर पनि लेन्स छनोट हुन सकेन । आर्सनलले १३, आयनहोभनले ९ अंक बटुल्दा लेन्सको ८ र सेभिल्लाले २ अंक मात्र जोड्न सक्यो।

त्यस्तै समूह ‘डी’ मा पनि रियल सोसिडाड र इन्टर मिलानले नकआउट चरण पुग्ने निश्चित भइसकेको थियो । इन्टर र सोसिडाडलेको खेल गोलरहित खेले। समूहको अर्को खेलमा बनेफिकाकाले आरबी साल्सबर्गलाई ३–१ ले हरायो ।

समूहको‌ विजेता सोसिडाड र उप विजेता इन्टरको समान १२ अंक रह्यो। तेस्रो स्थानको बेनफिका र आरबीले समान ४ अंक जोडे।

समूह एबाट म्यानचेस्टर युनाइटेड र गालातासारे युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिए।

खराब सिजनबाट गुज्रिरहेको युनाइटेड मंगलबार बायर्न म्युनिख सँग १–० ले पराजित भएको थियो। समूहको‌ अर्को खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० ले हरायो ।

१६ अंक बटुलेको बायर्नसँगै उपविजेताका रुपमा कोपनहेगन (८अंक) नकआउट चरण पुग्यो । अंक तालिकामा गालातासारे तेस्रो (५) र युनाइटेड (४) समूहको अन्तिम स्थानमा रह्यो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.