2 years ago
December 14, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल ) मा बिहीबार एफसी चितवन र धनगढी एफसीबीच खेल हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५:०० बजे सुरु हुनेछ।

एनएसएलमा अपराजित दुई टोलीमध्ये एक धनगढी ४ खेलमा ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। ५ खेलबाट जम्मा ५ अंक जोडेको चितवन आठौं स्थानमा छ ।
साविक उपविजेता धनगढीले सुरुवातमा खेल जितेको थियो । ती दुबै खेलको अन्तिम तिर गोल गर्दै धनगढीले जित निकालेको थियो। त्यसपछि ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको धनगढीले पछिल्लो खेलमा इलाम विरुद्ध २ गोलले पछि परेको अवस्था उल्ट्याउदै बराबरी गरेको थियो।
धनगढीका विदेशी गोलकिपर मोहम्मद ताहाले इलामसँगको खेलमा बिर्सनलायक प्रदर्शन गरेका थिए । धनगढीका अन्य विदेशी खेलाडीले भने राम्रो छाप छोडेका छन् ।
नेपाली फुटबलका नियमित स्ट्राइकर अफिज ओलावालेले अहिलेसम्म २ खेल मात्रै सुरुवाती ११ मा रहेर खेले । २ खेल वैकल्पिक खेलाडीका रुपमा खेले। उनले बेन्चबाट गएका दुबै खेलमा गोल गरेका छन् ।
चितवनले १ जित, २ बराबरी र २ खेलमा हार बेहोरेको छ । चितवनको दुबै बराबरी भने खेलको अन्तिम समयमा गोल खाएर भएको थियो । टोलीलाई खेलको अन्त्यतिर सम्हालिन कठिन देखिदै आएको छ। अघिल्लो खेलमा ललितपुर विरुद्ध पराजित चितवनले धनगढीलाई हराउन सकेको खण्डमा प्लेअफको सम्भावना रहन्छ । ललितपुरविरुद्ध रातो कार्ड पाएका चितवनका उत्सव राई आज टोलीमा हुने छैनन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]