1 year ago
December 15, 2023
एजेन्सी – लियोनेल मेस्सी, केलियन एमबाप्पे र एर्लिङ ब्राउट हालान्ड सन् २०२३ को फिफा बेस्ट अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडीका लागि अन्तिम मनोनयनमा परेका छन् ।
अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड मेस्सी, फ्रान्स तथा पेरिस सेन्ट जर्मेनका फरवार्ड एमबाप्पे र नर्वे तथा म्यानचेस्टर सिटीका फरवार्ड हालान्डलाई प्रारम्भिक सुचीको १२ जनाबाट छनोट गरिएको हो ।
पुरुषको अवार्ड १९ डिसेम्बर २०२२ (पुरुष २०२२ विश्वकप फाइनलको एक दिन पछि) – २० अगस्ट २०२३ को बीचको समयमा गरेको प्रदर्शनको आधारमा राष्ट्रिय पुरुष टिमका प्रशिक्षक, कप्तान, खेल पत्रकार र समर्थकको भोटिङका आधारमा अन्तिम तीन जनाको नाम छनोट गरिएको हो ।
विश्वकपको फाइनल खेलेका मेस्सी र एमबाप्पे तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई गत सिजन ट्रेबल उपाधि जिताएका हालान्ड अन्तिम तीनको सुचीमा परेका हुन् ।
बार्सिलोना तथा स्पेनकी मिडफिल्डर बोनमाटी, कोलम्बिया तथा रियल म्याड्रिडकी १८ वर्षीय फरवार्ड लिन्डा काइसेडोका साथै स्पेन तथा पाचुकाकी फरवार्ड हर्मोसो १६ खेलाडीबाट वर्षको उत्कृष्ट महिला खेलाडीका लागि अन्तिम मनोनयनमा परेका छन् ।
महिलातर्फको अवार्डको लागि १ अगस्ट २०२२ देखि २० अगस्ट २०२३ सम्मको प्रदर्शनको आधार समावेश छ । यसमा स्पेनको २०२३ को विश्वकप जित समावेश छ ।
उत्कृष्ट पुरुष गोलरक्षकमा यासिन बोनोउ, थिवाउट कोर्टुवा र एडर्सन तथा महिलामा म्याकेन्जी अर्नोल्ड, क्याटालिना कोल र मेरी इर्प्स मनोनयनमा परेका छन् ।
पुरुषतर्फको प्रशिक्षकमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका पेप गुआर्डीओला, इटालियन क्लब इन्टर मिलानका सिमोन इन्झागी र इटालियन क्लब नेपोलीका लुसियानो स्पालेट्टी मनोनयनमा परेका छन् ।
महिलातर्फ बार्सिलोनाकी जोनाथन जिराल्डेज, चेल्सीकी एम्मा हेस र इंग्ल्यान्डकी सरिना विग्म्यान अन्तिम मनोनयनमा छन् ।जुलियो एन्सिसो, गुइल्हेर्मे मद्रुगा र नुनो सान्तोसलाई वर्षको उत्कृष्ट गोल पुस्कास अवार्डका लागि अन्तिम तीनमा छनोट भएका छन् ।
विजेताहरूको घोषणा आगामी १५ जनवरीमा लन्डन एक समारोहका बीच गरिनेछ ।
उत्कृष्ट पुरुष खेलाडी मनोनयन
हालान्ड (नर्वे/म्यानचेस्टर सिटी)
केलियन एमबाप्पे (फ्रान्स/पेरिस सेन्ट जर्मेन)
लियोनेल मेस्सी (अर्जेन्टिना/इन्टर मियामी)
उत्कृष्ट महिला खेलाडी मनोनयन
ऐताना बोनमाटी (स्पेन/बार्सिलोना)
लिन्डा काइसेडो (कोलम्बिया/रियल म्याड्रिड)
जेनी हर्मोसो (स्पेन/पाचुका)
उत्कृष्ट पुरुष गोलरक्षक मनोनयन
यासिन बोनोउ (मोरक्को/अल हिलाल)
थिवाउट कोर्टुवा (बेल्जियम/रियल म्याड्रिड)
एडर्सन (ब्राजिल/म्यानचेस्टर सिटी)
उत्कृष्ट महिला गोलरक्षक मनोनयन
म्याकेन्जी अर्नोल्ड (अष्ट्रेलिया/वेस्ट ह्याम)
क्याटालिना कोल (स्पेन/बार्सिलोना)
मेरी इर्प्स (इंग्ल्याण्ड/म्यानचेस्टर युनाइटेड)
उत्कृष्ट पुरुष प्रशिक्षक मनोनयन
पेप गुआर्डीओला (म्यानचेस्टर सिटी)
सिमोन इन्झागी (इन्टर मिलान)
लुसियानो स्पालेट्टी (नेपोली)
उत्कृष्ट महिला प्रशिक्षक मनोनयन
जोनाथन जिराल्डेज (बार्सिलोना)
एम्मा हेस (चेल्सी)
सरिना विग्म्यान (इंग्ल्यान्ड)
February 12, 2025
एजेन्सी – चेल्सीकी स्टार स्ट्राइकर साम केरलाई बेवकुफ र सेतो भनेपछि जातीय रूपमा उत्प्रेरित दुर्व्यवहारको आरोपबाट अदालतले निर्दोष ठहर गरेको छ। किङ्स्टन क्राउन अदालतको ज्यूरीले ३० जनवरी २०२३ मा दक्षिण-पश्चिम लन्डनको ट्विकेनहममा भएको घटनासँग सम्बन्धित मुद्दामा केरलाई सफाइ दिएको हो। ३१ वर्षीया केरले आफूलाई प्रहरीले उक्साएको बताएकी छन्। उनलाई एक ट्याक्सी चालकले विवादपछि प्रहरी कार्यालयमा […]
February 12, 2025
एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जेर्मन(पिएसजी), जर्मन क्लब बुरुसिया डर्टमुन्ड र इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगको प्लेअफको पहिलो लेग खेलमा बुधवार जित हात पारेका छन् । पिएसजीले अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ३-० ले पराजित गर्यो । ब्रेस्टको घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा ओस्मान डेम्बेलेले २ र भिटिन्हाले १ गोल गरे । भिटिन्हाले २१औं […]
February 12, 2025
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिडले इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रोमाञ्चक जित निकालेको छ । रियलले बुधवार सिटीमाथि ३-२ को जित निकालेको हो । दुई पटक खेलमा पछि परेर पनि रियल नतिजा उल्टाउन सफल भयो। सिटीको मैदानमा भएको खेलमा रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिंघमले समान गोल […]