default_image

7 months ago

December 16, 2023

पूर्व महासचिव तुलाधर पुन: एन्फा प्रवेशको तयारीमा!

1070 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ समिकरण बन्ने क्रम देखिएको छ ।

एन्फा स्रोतका‌ अनुसार पूर्व महासचिव एवम् सिइओ इन्द्रमान तुलाधर पुन: एन्फा प्रवेशको तयारीमा छन् ।
सिइओ र महासचिव गरि झन्डै डेढ दशक एन्फामा बिताएका तुलाधर गत असारमा एन्फा कार्यसमितिको निर्वाचनपछि अलग भएका थिए। झन्डै डेढ वर्षपछि उनी सिइओका रुपमा पुनः एन्फा प्रवेशको तयारीमा रहेको बुझिन्छ।

त्यसकै आधार तयार पार्न तुलाधरले शनिबार एन्फा महासचिव किरण राईसँग संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दैछन् ।

सोमबार एन्फा कार्यसमितिको बैठक बस्दैछ । त्यो बैठकले तुलाधरलाई सिइओ नियुक्त गर्ने सम्भावना छ । एन्फा प्रवेश किन भन्नका लागि आजको पत्रकार सम्मेलन राखिएको बुझिएको छ । एन्फा कार्यसमितिको पछिल्लो निर्वाचनमा तुलाधरले कर्मा छिरिङ शेर्पाको समूहलाई सघाएका थिए ।

ए डिभिजन क्लब संकटको अध्यक्ष समेत रहेका तुलाधर र शेर्पा एन्फा विरुद्धको अभियानमा एकै ठाउँमा थिए। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ विरुद्धको अविश्वास प्रस्ताव बुझाउन शेर्पा र तुलाधर सँगै एन्फा पुगेका थिए।
कात्तिक २३ गते हेटौंडामा एन्फाको विशेष साधारण सभापछि फुटबलको राजनीतिक समिकरण बदलिएको विश्वास गरिएको छ । 

तुलाधर एन्फा संस्थापनसँग मिलेर जाने निष्कर्षमा पुगेरै संयुक्त रुपमा पत्रकार सम्मेलन गर्न लागेको बताएको छ । ‘एन्फा प्रवेशको औचित्य पुष्टि गर्न आज पत्रकार सम्मेलन हुँदैछ, ‘स्रोतले‌ भन्यो । १५ वर्ष भन्दा लामो‌ समयदेखि एन्फामा जो संस्थापन हुँदा पनि तुलाधर त्यहि समूहमा रहँदै आएका थिए।

हेटौंडामा भएको विशेष साधारण सभामा तुलाधरले अविश्वासको प्रस्तावको सामना गरेका अध्यक्ष नेम्वाङ्गलाई सघाएको चर्चा थियो। यद्दपी तुलाधर आफूले मतदान बहिष्कार गरे । तर उनी पक्षका अधिकांशले नेम्वाङलाई विश्वासको मत दिएको बताइन्छ । त्यसै कारण नेम्वाङ विरुद्धको अविश्वासको‌ प्रस्ताव विफल भएको थियो।

अविश्वासको प्रस्तावमा दस्तखत गर्ने १५ जनाले मतदानमा नेम्वाङलाई मत दिएका थिए। विशेष साधारण सभा अघि नै तुलाधरले एन्फा प्रवेशका लागि सिइओको बार्गेनिङ गरिरहेको फुटबल वृतमा चर्चा थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.