default_image

2 years ago

December 16, 2023

पोखरा र वीरगन्जको पहिलो हाफमै ३ गोल!

695 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी दिनको दोस्रो खेलमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेड एफसी विरुद्ध २-१ को अग्रता बनाएको छ ।

वीरगन्जले गत खेलमा इलामविरुद्ध पराजित भएको सुरुवाती ११ मा दुई परिवर्तन गरेको छ । जादजे गुस्ताभोको स्थान दिवाकर चौधरीले लिदा भिषण गुरुङको स्थानमा जय गुरुङ आएका छन् । यस्तै पोखराले एक परिवर्तन गर्दै सन्जीव विष्टको स्थानमा दिपेश आले मगरलाई उतारेको छ ।

मध्यान्तर सम्मको खेलमा पोखराका लागि जो आइडु र मोसेस ग्याबाले १-१ गोल गर्दा वीरगन्जका लागि आइकिन्स बफूरले बराबरी गोल फर्काएका हुन् । पोखराले खेलको सुरुवाती समयमा अग्रता लिएपनि वीरगन्ज खेलमा बराबरी गर्न सफल भएको थियो । तर हाफको अन्त्यतिर पोखरा नै अग्रता लिन सफल भयो ।

खेलको छैठौं मिनेटमा नै पोखराले खेलमा अग्रता लियो । आयुष घलानले बक्सको दायाँ पट्टी बाट गरेको क्रसमा स्टेफन अन्नोरले दिएको पासमा मोसेस ग्याबाको प्रहार ब्लक भएपछि बक्सको छेउबाट जाे आइडुले गरेको प्रहारमा वीरगन्जका गोलरक्षक दीप हेरेर मात्र बसे ।

११ औं मिनेटमा नै वीरगन्जले खेलमा बराबरी गोल गर्यो । सुशील लामाको क्रसमा डिफेन्डर आइकिन्स बफुरले हेडर गोल गर्दै खेलमा बराबरी गरे । पोखरा गाेलरक्षक यभ्स प्रिसोको नजिकैबाट गएको बल उनले बचाउन सकेनन् ।

१६ औं मिनेटमा सुरज जिउ ठकुरीको क्रस दीपले समाउन नसकेपछि बल कर्नरमा लागि गयो तर सुरजकै कर्नर सहजै क्लियर भयो । २१औं मिनेटमा मोसेसले आयुषका लागि गरेको क्रस दिपेन्क राज ठकुरीले क्लियर गरिदिए ।

२८ औं मिनेटमा जो आइडुले मोसेसका लागि खेलेको क्रस बफुरले क्लियर गरिदिए । त्यसपछिको कर्नरमा फ्रान्कलिन टाल्लाको हेडर सिधै दीपको हातमा जान पुग्यो ।

४४ औं मिनेटमा पोखराले पुनः खेलमा अग्रता लियो । स्टेफन अन्नोरको क्रसमा हेडर मार्फत गोल गर्दै मोसेसले खेलमा पोखरालाई अघि बढाए ।

पोखरा आज जित निकाल्न सके पहिलो स्थानमा उक्लिने सम्भावना छ । पोखराको ५ खेलमा ८ अंक रहेको छ । वीरगन्ज भने ५ खेलमा ५ अंकसहित आठौं स्थानमा छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.