default_image

7 months ago

December 16, 2023

बकैयालाई मकवानपुर जिल्ला लिग छनोटको उपाधि

143 views

0 Bookmark

मकवानपुर (हाम्रो खेलकुद )– बकैया युबा क्लबले मकवानपुर जिल्ला लिग छनोटको उपाधि जितेको छ ।

हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा शनिबार भएको फाइनलमा पञ्चशिल युवा क्लबलाई ४-० ले पराजित गर्दै बकैयाले उपाधि जितेको हो । बकैया र पञ्चशिल अर्को वर्ष आयोजना हुने जिल्ला लिगको लागि छनोट भएका छन्।

बकैयाले पहिलोपल्ट जिल्ला लिग छनोटको उपाधि जित्न सफल भएको हो । खेलमा बकैयाका अभिषेक ब्लोनले  २ , छेवंग  लामा र सुजन गुरुङले समान १ गोल गरे ।

प्रतियोगितामा  बकैयाका अभिषेक ब्लोन उत्कृष्ट फरवार्ड, सोही क्लबका तारा नेगी उत्कृष्ट डिफेन्डर,  सरोज ब्लोन उत्कृष्ट गोलकिपर,कृस्ना लो उत्कृष्ट प्रशिक्षक चुनिए। 

पञ्चशिलका  सुकरा राज गोले उत्कृष्ट मिडफिल्डर घोषित भए । प्रतियोगितामा जिल्लाका १२ वटा टोलीको सहभागिता थियो ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.