default_image

7 months ago

December 16, 2023

अन्तिम समयमा रोकियो म्यानचेस्टर सिटी

1067 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी शनिबार अन्तिम समयमा गोलको सामना गर्दै बराबरीमा रोकिएको छ ।

२-० को अग्रता रहेको सिटी खेलको अन्त्यतिर सम्हालिन नसक्दा क्रिस्टल प्यालेस विरुद्ध २-२ को बराबरीमा रोकिएको छ ।

यसअघिका दुई खेलमा जस्तै स्टार स्ट्राइकर एर्लिङ हालान्ड विना मैदानमा उत्रिएको सिटीले २४औं मिनेटमा अग्रता लिएको थियो । फिल फोडेनको पासमा ज्याक ग्रिलिसले गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाएका थिए ।

सिटीको दोस्रो गोल भने ५४औं मिनेटमा निस्केको थियो । रिको लुइसले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर बनाएका थिए ।

तर खेलको अन्त्यतिर सिटीले लय गुमायो । जेफ्री स्लुपको क्रसमा जिन-फिलिप मटेटाले ७६ औं मिनेटमा गोल गर्दै प्यालेसलाई खेलमा फर्काएका थिए ।

इन्ज्युरी समयको चौथो मिनेटमा सिटीले पेनाल्टी दियो । फोडेनले मटेटालाई बक्स भित्रबाट फाउल गरेपछि प्यालेसले खेलमा बराबरी गर्ने अवसर प्राप्त गर्यो । पेनाल्टीमा माइकल ओलिसेले सहजै गोल गर्दै प्यालेसलाई एक अंक दिलाएका हुन् ।

बराबरी पछि सिटी १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा नै छ । प्यालेस भने १७ खेलमा १७ अंक सहित १५औं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.