2 years ago
December 16, 2023
एजेन्सी – प्रिमियर लिगको पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी शनिबार अन्तिम समयमा गोलको सामना गर्दै बराबरीमा रोकिएको छ ।

२-० को अग्रता रहेको सिटी खेलको अन्त्यतिर सम्हालिन नसक्दा क्रिस्टल प्यालेस विरुद्ध २-२ को बराबरीमा रोकिएको छ ।
यसअघिका दुई खेलमा जस्तै स्टार स्ट्राइकर एर्लिङ हालान्ड विना मैदानमा उत्रिएको सिटीले २४औं मिनेटमा अग्रता लिएको थियो । फिल फोडेनको पासमा ज्याक ग्रिलिसले गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाएका थिए ।
सिटीको दोस्रो गोल भने ५४औं मिनेटमा निस्केको थियो । रिको लुइसले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर बनाएका थिए ।

तर खेलको अन्त्यतिर सिटीले लय गुमायो । जेफ्री स्लुपको क्रसमा जिन-फिलिप मटेटाले ७६ औं मिनेटमा गोल गर्दै प्यालेसलाई खेलमा फर्काएका थिए ।
इन्ज्युरी समयको चौथो मिनेटमा सिटीले पेनाल्टी दियो । फोडेनले मटेटालाई बक्स भित्रबाट फाउल गरेपछि प्यालेसले खेलमा बराबरी गर्ने अवसर प्राप्त गर्यो । पेनाल्टीमा माइकल ओलिसेले सहजै गोल गर्दै प्यालेसलाई एक अंक दिलाएका हुन् ।
बराबरी पछि सिटी १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा नै छ । प्यालेस भने १७ खेलमा १७ अंक सहित १५औं स्थानमा छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]