default_image

7 months ago

December 18, 2023

लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेले

518 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको १७औं चरणका खेलहरू सुरु हुनु अगाडी शीर्ष स्थानमा रहेको लिभरपुल चिर प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदान एनफिल्डमा आइतबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो । पछिल्लो समय खराब लयवता गुज्रिरहेको युनाइटेडका लागि भने यो राम्रो नतिजा रह्यो । गत सिजन लिभरपुल विरुद्धको अवे खेलमा युनाइटेड ७-० ले पराजित भएको थियो ।

कप्तान ब्रुनो फर्नान्डेज एक खेलका लागि निलम्बनमा परेपछि उनी विना मैदानमा उत्रिएको खेलमा युनाइटेडले लिभरपुललाई धेरै अवसरहरू बनाउन दिएन । उता युनाइटेडले पनि अट्याकमा खासै केही गर्न पनि सकेन ।

१६औं मिनेटमा मोहम्मद सालाहको बक्स भित्रबाट लिएको प्रहार डिफ्लेक्ट भएर बाहिर गयो। २८औं मिनेटमा भर्जिल भान डाइकको हेडर युनाइटेड गोलरक्षक आन्द्रे ओनानाले बचाए ।

३७औं मिनेटमा लिभरपुल डिफेन्डर कोनाटेको हेडर पोस्टको माथिबाट बाहिरियो । ५५औं मिनेटमा युनाइटेडका गार्नाचोको प्रहार लिभरपुल डिफेन्डर अलेकजेन्डर-आर्नोल्डले ट्याकल गरेर बचाए ।

६६औं मिनेटमा अलेकजेन्डरले बक्सको छेउबाट गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । त्यसको दुई मिनेट पछि युनाइटेडका रास्मस होइलंडको प्रहार लिभरपुल गोलरक्षक एलिसनले बचाए । ७७औं मिनेटमा कोनाटेको प्रहार सिधै ओनानाको हातमा पुग्यो ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा लिभरपुलका कोडी गाक्पोको फ्रि हेडर पोस्टको दिशामा जान सकेन । खेलको अन्तिम समयमा युनाइटेडका राइट-ब्याक डियोगो डालोट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीले खेल समाप्त गरेको थियो ।

बराबरी पछि लिभरपुल १७ खेलमा ३८ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि समान ३८ अंक नै छ । पहिलो स्थानमा रहेको आर्सनलको ३९ अंक छ । म्यानचेस्टर युनाइटेड भने १७ खेलमा २८ अंक सहित सातौं स्थानमा छ ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.