default_image

2 years ago

December 19, 2023

आक्रामक ललितपुर इलामविरुद्ध अग्रता लिन संघर्षरत

277 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत मंगलबारको पहिलो खेलमा स्पोर्टिङ इलाम र ललितपुर सिटी फुटबल क्लबबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा ललितपुरले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि अग्रता लिन भने सकेको छैन । गोलरक्षक विकेश कुथु लगातार परिक्षण हुँदा उनले केहि राम्रो बचाउ पनि गरेका छन् । इलामले भने खासै अवसर सिर्जना गर्न सकेको छैन ।

खेलको चौथो मिनेटमा ललितपुरले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । गोलरक्षक विकेश कुथु पोजिसनबाहिर रहेको अवस्थामा सेसेहाङ आङदेम्बेले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार डिफेन्डर विमल पाण्डेले छेक्दै अघि जान दिएनन् । लगत्तै त्यसपछि मिडफिल्डर विवेक पौडेलले चोट बोक्दा ललितपुरले उनको स्थानमा रोशन पहारीलाई मैदान पठाएक थियो ।

खेलको २३ औं मिनेटमा कप्तान विकेशले उत्कृष्ट बचाउ गर्दै खेललाई गोलरहित नै राखे । दिनेश हेन्जनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार विकेशले आफ्नो दायाँतर्फ डाइभ दिँदै बाहिर पठाए । त्यसपछि कर्नरबाट आएको रिबाउन्डमा अनन्त तामाङको अन्तिम प्रहार पनि विकेशको हातमा पुग्यो ।

३७ औं मिनेटमा ललितपुरको अग्रतासामु क्रसबार बाधक बन्यो । अनन्त तामाङले मैदानको मध्यभाग नजिकबाट गोलरक्षक विकेश अघि रहेको अवस्थामा छिटो लिएको फ्रिकिक क्रसबारमा लाग्यो । विकेशले अन्तिम समयमा हातले बल छुँदै बललाई क्रसबारतर्फ पठाएका थिए ।

इलाम प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ । ललितपुर भने आजको जितले शीर्षस्थानमा उक्लनेछ ।

November 18, 2025

नेपाल मलेसियासँग फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)-एसियन कप छनोटमा आज नेपाल मलेसियासँग १-० ले पराजित भएको छ। नेपाल खेलको अन्तिम मिनेटमा १० खेलाडी्ा समेटिएको थियो। एसियन कपमा पुग्ने संभावना समाप्त भैसकेको नेपाल समूहको शीर्षस्थानमा रहेको मलेसियालाई पहिलो हाफमा गोल रहित बराबरीमा रोक्न सफल भयो। खेलको ५६ औं मिनेटमा मलेसियाले नेपाल विरुद्ध अग्रता बनायो। फैसल हलिमले नेपालका गोल किपर किरण […]

November 18, 2025

नेपाल र मलेसियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एसियन कप छनोट चरण पार गर्ने संभावना समाप्त भएको नेपाली पुरुष फुटबल टोलीले आज मलेसियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको हो। पहिलो लेगमा नेपाल मलेसियासँग २-० पराजित भएको थियो […]

November 18, 2025

जर्मनी विश्व कपका लागि छनोट

एजेन्सी – जर्मनीले स्लोभाकियालाई ६-० ले पराजित गर्दै समूह एको विजेता बन्दै २०२६ विश्वकपका लागि छनोट भएको छ । निक वोल्टेमाडेले खेलको सुरुमै हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि सेर्ज ग्नाब्री, लेरोय सानेले‌ २ गोल गरेपछि जर्मनीले पहिलो हाफमा ४-० अगाडि रह्यो । दोस्रो हाफमा रिड्ले बाकु र असान उएद्राओगोले गोल गरेपछि जर्मनीले ६-० […]

Success

Thank you for your time.