2 years ago
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गतको दशरथ रंगशालामा जारी खेलमा बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्सले गोलरहित पहिलो हाफ खेलेका छन् ।
दुवै टोलीबाट धेरै मौका बन्न नसकेको पहिलो हाफमा गोल पनि आउन सकेन । चौथो मिनेटमा बुटवलका स्टेफन बिनोङको प्रहार बक्स भित्रबाट ब्लक हुन पुग्यो । छैठौं मिनेटमा बुटवल कप्तान एरिक विष्टको फ्रिकिक सिधै पोखरा गोलरक्षक यभ्स प्रिसोको हातमा जान पुग्यो ।
आठौं मिनेटमा जिलेस्पी जंग कार्कीले बक्स बाहिरबाट गरेको भली प्रहार प्रिसोलाई बचाउन असजिलो भएपनि बचाउन सफल भए । २० औं मिनेटमा निराजन धामीको क्रसमा स्टेफेन बिनोङको हेडर क्रसबारभन्दा थोरै माथिबाट गयो ।
२५औं मिनेटमा सुरज जिउ ठकुरीको फ्रिकिकमा फ्रान्कलिन टाल्लाको हेडर पोस्टको केही परबाट बाहिरियो । त्यसको तीन मिनेट पछि पासाङ लामाको क्रसमा बिनोङको हेडर पुनः पोस्ट माथिबाट बाहिरियो ।
३३औं मिनेटमा मोसेस ग्याबाको प्रहार सिधै बुटवल गाेलरक्षक मोहम्मडुमको हातमा गयो । ४४औं मिनेटमा सुरजको कर्नरमा दिनेश राजवंशीको हेडर टाल्लाको प्रहार डिफ्लेक्ट भएर बाहिर जान पुग्यो ।
थपिएको समयमा दिपेश आले मगरको बक्स बाहिरबाट लिएको प्रहार मोहम्मडुको हातमा पुग्यो । त्यसपश्चात स्टेफन अन्नोरको बक्स बाहिरबाट लिएको भली पनि पोस्टको दिशामा जान सकेन ।
बुटवल ६ खेलमा ७ अंक सहित सातौं स्थानमा रहँदा पोखरा भने ६ खेलमा ११ अंकसहित दोस्रो स्थानमा छ । आज जित हासिल गर्न सके पोखरा पहिलो स्थानमा उक्लिने छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]