default_image

7 months ago

December 20, 2023

क्यान्सर पिडित प्रशिक्षक अर्याललाई खेलाडीहरुको सहयोग

593 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यान्सरले ग्रस्त फुटबल प्रशिक्षक प्रकाश अर्यालको उपचारका लागि नेपाल फुटबल खेलाडी संघले सहयोग हस्तान्तरण गरेको छ ।

संघले नेपाल सुपर लिग (एनएसएल) मा आवद्ध खेलाडी, एनएसएल नखेलेका खेलाडी तथा संघकै कार्यसमिति सदस्यबाट उठाएर एकमुष्ठ २ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । संघको प्रतिनिधित्व गर्दै अध्यक्ष विक्रम लामा तथा उपाध्यक्षद्वय विराज महर्जन र विकेश कुथुले सहयोग रकम हस्तान्तरण गरे ।

एनएसएलमा सहभागी ९ मध्य ८ क्लबका खेलाडी र अफिसियलले प्रशिक्षक अर्यालको उपचारार्थ सहयोग रकममा योगदान दिएका थिए । संघका अनुसार एफसी चितवन, बुटवल लुम्बिनी एफसी, पोखरा थन्डर्स, स्पोर्टिङ इलाम, झापा एफसी, धनगढी एफसी, ललितपुर सिटी एफसी र वीरगन्ज युनाइटेड एफसीका खेलाडीले सहयोग गरेका छन् । यसबाहेक एनएसएलमा सहभागी नभएका खेलाडीले पनि योगदान दिए । संघको कार्यसमिति सदस्यले पनि सहयोग गरे ।

सोमबार बसेको एन्फा कार्यसमिति बैठकबाट पनि प्रशिक्षक अर्याललाई तीन लाख सहयोग गर्ने निर्णय भएको थियो ।

यस बाहेक हाम्रो खेलकुद आफैंले पनि प्रशिक्षक अर्यालको उपचार सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो । हाम्रो खेलकुदबाट पनि प्रशिक्षक अर्यालको उपचारार्थ ५ हजार रुपैयाँ सहयोग गरिएको छ ।

यहाँहरुले सहयोग गर्न प्रशिक्षक अर्यालको बैंक खाता विवरण:

AC No. 0850547722205001

AC Name. Prakash Aryal

Laxmi Sunrise Bank

Janakpur Branch

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.