default_image

2 years ago

December 20, 2023

धनगढीलाई प्लेअफमा स्थान पक्का गर्ने मौका

572 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसीले आज हुने झापा एफसी विरुद्धको खेलमा जित हासिल गर्न सके नेपाल सुपर लिग दोस्रो संस्करणको प्लेअफमा आफ्नो स्थान पक्का गर्नेछ ।

अहिलेसम्म अपराजित रहेको धनगढी आज जित निकालेमा शीर्ष दुईमा आफ्नो स्थान लगभग पक्का गर्ने छ । धनगढीको ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक छ । शीर्ष स्थानमा रहेको पोखराको ७ खेलमा १४ अंक छ । काठमाडौंको दुई खेल बाँकी रहँदा ९ अंक छ र दुई खेलमा नै जित हासिल गरे १५ अंक पुग्ने छ । धनगढी र काठमाडौंको खेल बराबरीमा सकिएकाले दुई टोली बीच गोल डिफ्रेन्सले स्थान निर्धारण गर्नेछ ।

उता झापालाई भने प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दवाव छ । झापाको ६ खेलमा ७ अंक मात्र रहेको छ । १ खेल मात्र जित्न सफल झापाले अरु खेलको नतिजा पनि आफ्नो पक्षमा जानु पर्ने हुन्छ ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.