default_image

2 years ago

December 20, 2023

झापा र धनगढी बीचको पहिलो हाफ गोलरहित

449 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी झापा एफसी र धनगढी एफसी बीचको खेल मध्यान्तर सम्म गोलरहित बराबरीमा सकिएको छ ।

पहिलो मिनेट देखि नै रोमाञ्चक देखिएको खेलमा दुवै टोलीबाट धेरै अवसरहरू सिर्जना भएतापनि गोल भने आउन सकेको छैन ।

झापाले पहिलो १५ सेकेन्ड भित्र नै गोल गर्ने अवसर खेरा फाल्यो । रोहन कार्कीले सुरूवातमै बल गुमाएपछि प्रशान्त लक्समले दिएको पासमा स्ट्राइकर जोर्गे सान्चेजले वान अन वान अवसरमा पोस्टको बाहिर प्रहार गरे ।

तेस्रो मिनेटमा धनगढीका अहमद हिजाजीले पोस्टको केही माथि प्रहार गर्न पुगे । आशिष चौधरीको प्रहार नियन्त्रणमा लिएर झापाका दुई डिफेन्डर बिट गर्दै उनले गरेको प्रहार पोस्टको माथिबाट बाहिरियो ।

आठौं मिनेटमा धनगढीका अभिषेक गुरुङले बक्स बाहिरबाट गरेको प्रहार कुपिचले समाते । २०औं मिनेटमा रामचन्द्र वाजीको पासमा हिजाजीले कुपिचलाई पुनः बचाउ गर्न बाध्य बनाए । २२औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिक पनि कुपिचले पन्च गरिदिए ।

२४औं मिनेटमा सान्चेजले अर्को राम्रो अवसर खेरा फाले । लक्ष्मण रूचालको पासमा उनको बल नियन्त्रण राम्रो नरहेपछि धनगढी गोलरक्षक मोहम्मद ताहाले लाइन अगाडि आउने अवसर प्राप्त गरे र सान्चेजको प्रहार बचाए ।

३०औं मिनेटमा समन्दर ओचिलोभको फ्रिकिक पोस्टको केही टाढाबाट बाहिरियो । ३३औं मिनेटमा प्रशान्त लक्समले बक्स बाहिरबाट पोस्ट माथि प्रहार गरे । ४१औं मिनेटमा सान्चेजको प्रहार ताहाले बचाए ।

अपराजित धनगढीले आज जित निकाल्न सकेमा प्लेअफमा आफ्नो स्थान पक्का गर्ने छ । दोस्रो स्थानमा रहेको धनगढीको ६ खेलमा १२ अंक रहेको छ । झापालाई पनि प्लेअफको संभावना जीवित राख्न जित्नै पर्ने दवाव छ । झापाको समान ६ खेलमा ७ अंक रहेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.