1 year ago
December 21, 2023
एजेन्सी – लिभरपुल इएफएल कपको सेमिफाइनलमा पुगेको छ। घरेलु मैदान एनफिल्डमा बुधबार लिभरपुलले वेस्टह्यामलाई ५–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरको हो।
लिभरपुलका लागि कार्टिस जोन्सले २, डोमिनिक सोबोस्लाइ, कर्टिस जोन्स, कोडी गाक्पो, मोहम्मद सलाहले समान १ गोल गरे ।
सोबोस्लाइले २८ मिनेटमा करिब २५ यार्डबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । जोन्सले ५६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ७१ औं मिनेटमा गाक्पोले गोल गरे । सिजनको गाक्पोको त्यो आठौं गोल हो ।
जारोड बोवेनले ७७ औं मिनेटमा वेस्टह्यामका लागि गोल गोल गरे । ८२ औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अन्तर बढायो । ८४ औं मिनेटमा जोन्सले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले ५–१ को जित निकाल्यो ।
लिभरपुलले सेमिफाइनलमा फुलहमसँग पहिलो लेग जनवरी ८ मा खेल्नेछ ।
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]