default_image

7 months ago

December 21, 2023

एन्फालाई ‘बी’ डिभिजन क्लबको धम्की

1068 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- मध्यपुर युथ एसोसिएसन निर्णय यथाशीघ्र फिर्ता नगरे सम्म बी डिभिजन क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने कुनै पनि गतिविधिमा भाग नलिने धम्की दिएका छन् ।

बी डिभिजन संयोजक कुमार राजभण्डारीको नेतृत्वमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बी डिभिजनका १४ मध्ये १२ क्लबका प्रतिनिधिको बुधबार बसेको बैठकले मध्यपुर माथि को कारवाही यथाशीघ्र सच्चाउन माग गरेको हो ।

एन्फा कार्यसमितिको पुस २ गतेको बैठकले मध्यपुरलाई कारवाही गर्ने क्रममा एन्फाले आयोजना गर्ने सम्पूर्ण गतिविधिमा सहभागी नगराउने निर्णय गरेको थियो।

एन्फाको विशेष साधारण सभा रोक्न मध्यपुर अदालत गएको कारण देखाउँदै एन्फाले कारवाही गरेको थियो। मध्पयुरका सह सचिव सुनिल श्रेष्ठले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित महासचिव किरण राई र र प्रवक्ता सरेश शाहलाई विपक्षी बनाई असोज २५ गते रिट दायर गरेका थिए।

पाटन उच्च अदालतले कात्तिक १६ गते अन्तरिम आदेश जारी नहुने आदेश गरेपछि कात्तिक २३ गते एन्फाको विशेष साधारण सभा भएको थियो।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.