default_image

2 years ago

December 21, 2023

ओपोकुको ह्याट्रिक सहित वीरगन्जको सानदार जित

1347 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विलियम ओपोकुको ह्याट्रिक सहित दोस्रो हाफमा शानदार प्रदर्शनमा साथ वीरगन्ज युनाइटेड एफसीले काठमाडौं रेजर्स विरुद्ध ठूलो जित हात पारेको छ ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएकोमा दोस्रो हाफमा तीन गोल गर्दै वीरगन्जले ४-१ को जित हात पारेको हो ।

तेस्रो मिनेटमा काठमाडौंका तोजिदिनोभको बक्स बाहिरबाट गरेको प्रहार पोस्टको निकै टाढाबाट बाहिरियो । पाँचौं मिनेटमा काठमाडौंकै किंगे ओलिभरको लामो बलमा तोजीदिनोभ पुग्नु अघि दीप कार्की गोल लाईन अघि आएर समाते ।

२०औं मिनेटमा काठमाडौँले खेलमा अग्रता लियो । कुलदीप कार्कीको क्रस हिसुब थपलियाले नियन्त्रणमा लिन नसकेपछि तेज तामाङले क्लियर गर्ने क्रममा एन्केन्ग्वे जुनियरको सामु पुगेपछि उनले सहज गोल गर्दै खेलमा काठमाडौंलाई अग्रता दिलाए ।

२७औं मिनेटमा वीरगन्जका ओवेद ओसुवुले टाढाबाट गरेको प्रहार सिधै काठमाडौं गोलरक्षक एन्जल श्रेष्ठको हातमा जान पुग्यो । ३०औं मिनेटमा तोजीदिनोभको कर्नरमा शोखरुखको फ्रि हेडर पोस्टको दिशामा जान सकेन ।

३७औं मिनेटमा काठमाडौंले अग्रता दोब्बर गर्ने सुनौलो अवसर पायो । दिपेन्क राज सिंह ठकुरीले बक्स भित्रबाट हिसुबमाथि फाउल गरेपछि काठमाडौंले पेनाल्टी पाएको थियो । तर शोखरुखको पेनाल्टी दीप कार्कीले बचाउन पुगे ।

उता पहिलो हाफको अन्त्यतिर वीरगन्जले पनि पेनाल्टीमार्फत गोल गर्ने अवसर प्राप्त गर्यो । सुशिल लामाको प्रहारमा आन्द्रेस नियाले हेड गरेको बल रेफ्रीले ह्यान्डबल दिएपछि वीरगन्जले पेनाल्टी पाएको थियो । पेनाल्टीमा विलियम ओपोकुले गोल गर्दै खेल बराबरीमा ल्याए ।

४६औं मिनेटमा वीरगन्जले खेलमा अग्रता लियो । काठमाडौंका अन्जन राईले आत्मघाती गोल गरेसँगै वीरगन्जले अग्रता लिएको हो । दिपेन्कले डिफेन्स लाइनबाट खेलेको लामो पासमे ओवेदलाई भेटाएपछि उनले खेलेको क्रसमा अन्जनले बल क्लियर गर्ने क्रममा बल आफ्नै जालिमा हाल्न पुगे ।

५४औं मिनेटमा काठमाडौं बराबरी गर्नको नजिक पुग्यो । शोखरूखको राम्रो फ्रिकिक दीपले पोस्टको माथि धकेलिदिए । त्यसको दुई मिनेट पछि वीरगन्जले अर्को गोल थप्यो ।

सुशील लामाको कर्नरमा ओपोकुले हेडर मार्फत आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याए । अर्को मिनेटमा ओपोकुले शानदार गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

सुशीलले नै खेलेको लामो बल नियन्त्रणमा लिएर उनले लगभग मैदानको मध्यभागबाट गोललाइन भन्दा धेरै अगाडि रहेका काठमाडौं गोलरक्षक एन्जलको माथिबाट बललाई जालि चुमाए ।

७१औं मिनेटमा ओपोकुको फ्रिकिक पोस्टको केही माथिबाट बाहिरियो । ७७औं मिनेटमा किंगे ओलिभरको फ्रिकी दीपले सहजै समाते ।

जित पछि वीरगन्जले पनि प्लेअफमा पुग्ने आफ्नो सम्भावना जीवितै राखेको छ । वीरगन्जको६ खेलमा ८ अंक भएको छ । पाँचौं स्थानमा रहेको पराजित काठमाडौंको भने ७ खेलमा ९ अंक भएको छ ।

काठमाडौं र ललितपुर बीच शनिबार हुने दोस्रो खेल नकआउट जस्तै हुनेछ । अन्य खेलको नतिजा सोचेलायक भएमा वीरगन्जले पनि सोही दिन दिउँसो हुने बुटवल विरुद्धको खेलमा जित हासिल गरेका प्लेअफमा आफ्नो स्थान बनाउन सक्ने छ ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ ।

एनएसएलमा भोलि दुई खेल हुँदै छन् । पहिलो खेलमा शीर्ष दुई टोली पोखरा थन्डर्स र धनगढी एफसी खेल्ने छन् । पोखराले प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ भने शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्न जित निकाल्न चाहने छ । उता धनगढीलाई पनि प्लेअफमा स्थान बनाउन जित्नै पर्ने दवाव हुने छ ।

दिनको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन् । जित हासिल गर्न सकेमा झापाको प्लेअफ पुग्ने सम्भावना रहने छ । चितवन भने प्लेअफ यात्राबाट बाहिरिसकेको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.