2 years ago
December 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा जारी दोस्रो संस्करणको नेपाल सुपर लिगका शीर्ष दुई टोलीको खेलमा मध्यान्तर सम्म धनगढी एफसीले पोखरा थन्डर्स विरुद्ध १-० को अग्रता बनाएको छ ।

मिलान राईले पहिलो हाफको एक मात्र गोल गर्न सफल भएका हुन् । प्रतिस्पर्धात्मक रहेको पहिलो हाफमा खेल कुनै टोलीतर्फ ढल्किएको भने छैन । दुबै टोलीले मौका सिर्जना गरेपनि पहिलो बाजी धनगढीले मार्यो ।
४२औं मिनेटमा धनगढीले खेलमा अग्रता लियो । अहमद हिजाजीले आफ्नै पोस्टको बाहिर बल जितेर ओलावालेका लागि खेलेको थ्रु-पासमा फ्रान्कलिन टाल्लाले बल त जितेका थिए। तर उनले आफ्नो गोलरक्षक प्रिसोका लागि खेलेको पास ओलावालेको खुट्टामै पुगेपछि उनले दिएको पासमा मिलनले सहज गोल गरे ।
यसअघि चौथो मिनेटमा धनगढीका फलु डियाग्नेको लामो प्रहार पोखराका गोलरक्षक यभ्स प्रिसोले जोगाए ।
१० औं मिनेटमा पदम कुमार तामाङको लामो प्रहार फार-पोस्टको नजिकबाट बाहिरिदा पोखराले अग्रता बनाउने मौका गुमायो ।
१६ औं मिनेटमा सन्जिव विष्टको वान-अन-वान प्रहार धनगढीका गोलरक्षक मोहम्मद ताहाले बचाउ गरे।
२९ औं मिनेटमा डिबक्स भित्रबाट अभिषेक गुरुङको प्रहार गोलरक्षक प्रिसोले सहजै बचाए । ३३औं मिनेटमा धनगढीका मिलनको प्रहारमा अहमद हिजाजीको हेडर पोखराका गोलरक्षक प्रिसोले गोललाईनबाट क्लियर गरे।
३५ औं मिनेटमा डिबक्स एरिया नजिकबाट पोखराका पदक कुमार तामाङको प्रहार आकाशियो।
४५औं मिनेटमा स्टेफन अन्नोरको क्रस डिफ्लेक्ट भएर पोस्टमा लागेर बक्समा खसेको थियो । रिबाउन्डमा भने कमल बहादुर थापाले लडिरहेका गोलरक्षक ताहाको हातमा हान्न पुगेपछि पोखराले खेलमा बराबरी गर्न सकेन ।
पोखराको ७ खेलमा १४ अंक रहेको छ र शीर्ष दुईमा रहेर प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ । उता धनगढीको ७ खेलमा १२ अंक छ । धनगढीले पनि प्लेअफमा आफ्नो स्थान बनाउन सफल भइसकेको छ । आज जित हासिल गरेमा धनगढीले पनि शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्ने छ ।
एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ ।
आज हुने दिनको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]