default_image

2 years ago

December 22, 2023

अन्तर्राष्ट्रिय फुटबलबाट गोलकिपर विशालको सन्न्यास घोषणा

1610 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीबाट डेब्यूका लागि दशक लामो प्रतीक्षा गरेका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासके घोषणा गरेका छन् ।

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा टोली अन्तिम खेलपछि एफसी चितवनको कप्तानी समेत गरेको विशालले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन् । ‘साफ च्यम्पियनसिप पछि नै राष्ट्रिय टोलीबाट नखेल्ने सोच बनाएको थिए,’ शुक्रबार म्यान अफ दी म्याच घोषित विशालले भने, ‘अब नयाँ पुस्ताका लागि पनि ठाँउ दिनुपर्छ भन्ने सोचे । नियमित लिग भयो भने क्लब फुटबल केहि समय खेल्ने सोच छ ।’

परिवार, साथीभाई शुभचिन्तकहरुको साथका कारण लामो समय राष्ट्रिय टोलीबाट मौका नपाउँदा पनि धर्यता राख्नलाई मनोबल बढाइराखेको उनले सुनाए । ‘म त्यस्तो बेला टोलीमा परेको थिए । त्यति बेला किरण चेम्जोङ, रितेश थापा,विकास मल्ल टोलीमा हुनुहुन्थ्यो,’ उनले स्मरण गरे, ‘त्यो बेला मलाई चौथो किपरको रुपमा तत्कालिन ग्राहम रोबर्टसले मौका दिनुभएको थियो ।’

डेब्यूका लागि दश वर्ष प्रतीक्षा गर्नुपरेपनि विशाललाई त्यसमा खासै गुनासो देखिन । ‘धेरै कुनुपर्यो । तर पनि २०२१ को सेप्टेम्बरमा यहि मैदानमा डेब्यूको मौका पाए । त्यो मेरो लागि अविष्मरणीय दिन थियो,’ उनले भने, ‘आफूले खेल्ने अवसर नपाउँदा पनि मैले आफूलाई अलग सोच्नु परेर । सिनियर र समकालिन साथीहरुको सधै साथ पाए। म यति बेला सबैलाई धन्यवाद दिन चहान्छु ।’

सन् २०११ मा पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश पाएका विशालले २०२१ सेप्टेम्बर ५ मा भारतविरुद्ध परिवर्तित खेलाडीका रुपमा डेब्यूको अवसर पाएका थिए । दशरथ रंगशाला भारतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेललमा कप्तान एवंम् गोलकिपर किरण चेम्जोङको ठाँउमा ८६ औं मिनेटमा मैदान छिरेपछि राष्ट्रिय टोली डेब्यु गर्ने उनको सपनाले मूर्तरुप लिएको थियो ।

राष्ट्रिय टोलीबाट धेरै मौका नपाएका विशाल घरेलु फुटबलका सफल गोलकिपरमा पर्छन् । मनाङ मस्र्याङ्दी क्लबबाट ए डिभिजन लिग जितेका उनी दुई पटक मछिन्द्र क्लबबाट दुई पटक च्याम्पियन बने ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.