2 years ago
December 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वीरगन्ज युनाइटेड एफसी र पुछारमा रहेको बुटवल लुम्बिनी एफसीबीच जारी नेपाल सुपर लिगको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
प्लेअफमा पुग्नका लागि जित्नै पर्ने खेलमा वीरगन्जले पटक पटक पाएको अवसर सदुपयोग गर्न सकेको छैन । बुटवलले भने निकै कम आक्रमणको अवसर सिर्जना गरेको छ ।
१०औं मिनेटमा बुटवलका जिलेस्पी जंग कार्कीको प्रहार डिफ्लेक्ट भएर बाहिरियो । ११औं मिनेटमा वीरगन्जका ओवेदको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको दिशामा गएन ।
१५औं मिनेटमा जिलेस्पीको क्रस दीप कार्कीले सहजै समाते । त्यसपछिको मिनेटमा वीरगन्जको एउटा पेनलाटी अपीलमा रेफ्रीले पेनाल्टी दिएनन् । आन्द्रे बियिकको ब्याक पास राम्रो नभएपछि उनले विलियम ओपोकुलाई लडाएका थिए तर रेफ्रीले पेनाल्टी दिएनन् ।
२५औं मिनेटमा सुशील लामाको कर्नर मोहम्मडुले समात्न नसकेपनि रेफ्रीले फाउल दिएपछि खतरा टर्यो । ३०औं मिनेटमा सुशील लामाको प्रहार बक्स भित्र ब्लक हुन पुग्यो ।
३६औं मिनेटमा दीपले राम्रो बचाउ गर्दै बुटवललाई अगाडि जानुबाट रोके । उनले बहका बाहिरबाट लिएको प्रहार दीपले आफ्नो बायाँतर्फ डाइभ गरेर राम्रो बचाउ गरे ।
पहिलो हाफको थपिएको समयमा जिलेस्पीको क्रस नियन्त्रणमा लिएर आशिष लामाले पोस्टको निकै टाढा प्रहार गरे । पोस्टको निकै नजिकबाट उनले प्रहार गरेको भली निकै टाढाबाट बाहिरिएको हो ।
७ खेलमा ८ अंकसहित सातौं स्थान रहेको वीरगन्ज आज जित हासिल गर्न सके तेस्रो स्थानमा उक्लिदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्नेछ । ७ खेलमा ७ अंक सहित पुछारमा रहेको बुटवल भने अन्तिम स्थानबाट उक्लिन चाहन्छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]